YouTube Link

प्रधानमन्त्री प्रचण्डले गरे मन्त्रीमण्डल पुनर्गठन र विस्तार

Facebook Link

 

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार सातौं पटक मन्त्रिमण्डल पुनर्गठन र विस्तार गरेका छन् । प्रचण्ड नेतृत्वको सरकारमा २ जना उपप्रधानमन्त्री बनेका छन् ।

 

गत पुस १० गते प्रधानमन्त्री भएका प्रचण्डले शुक्रबार मन्त्रिमण्डल  विस्तार गरेपनि तर पूर्णता भने दिन सकेनन् । सुरुमा एमालेको समर्थनमा प्रधानमन्त्री भएका प्रचण्डले राष्ट्रपति निर्वाचनपछि गठबन्धन फेरेर नेपाली कांग्रेससहितको गठबन्धनमा आएपछि शुक्रबार मन्त्रीमण्डल पुनर्गठन र हेरफेर गरेका हुन् ।

 

यसअघि उपप्रधानसहित भौतिक मन्त्रालयको जिम्मेवारी पाएका माओवादी नेता नारायणकाजी श्रेष्ठले गृहमन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यसैगरी कांग्रेस नेता पूर्ण बहादुर खड्काले पनि उपप्रधानसहित रक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

 

नयाँ मन्त्रीहरुको आजै शपथ ग्रहण हुँदैछ । पूनर्गठित मन्त्रिमण्डलमा नेपाली कांग्रेसले ४, एकीकृत समाजवादी २, जसपा १, लोसपा १ र नेपाल समाजवादी पार्टीले १ मन्त्रालय पाएका छन् । यद्यपि जनमतका अब्दुल खानले खानेपानी मन्त्रीमा चित्त नबुझाएर राजीनामा दिएका छन् ।

 

पुर्नगठित मन्त्रीमण्डलमा कांग्रेसका पूर्णबहादुर खड्का उपप्रधानसहित रक्षा, नेकपा एकीकृत समाजवादीका डा. बेदुराम भुसाल कृषि तथा पशुपन्छी, जसपाका अशोक राई शिक्षा, लोसपाका शरदसिंह भण्डारी श्रम तथा रोजगार,कांग्रेसका डा. प्रकाशसरण महत अर्थ, नेसपाका महिन्द्र राययादव महिला बालबालिका, माओवादीका शक्ति बस्नेत ऊर्जा तथा जलश्रोत, एकीकृत समाजवादीका प्रकाश ज्वाला, भौतिक योजना, नागरिक उन्मुक्तीका रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, कांग्रेसका रमेश रिजाल उद्योग र कांग्रेसकै सिता गुरुङले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । माओवादीका चार मन्त्री पुरानै मन्त्रालयको जिम्मेवारीमा रहेका छन् । नारायणकाजी श्रेष्ठ भने भौतिकबाट गृहमा  पुगेका छन् ।

 

प्रधानमन्त्री प्रचण्डले ५ वटा मन्त्रालय भने आफैसँग राखेका छन् । जसमा कानुन न्याय तथा संसदीय, परराष्ट्र, युवा तथा खेलकुद, वन तथा वातावरण र स्वास्थ्य मन्त्रालय प्रधानमन्त्री प्रचण्डसँगै रहेका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

वि.सं.२०८३ असोज २६ सोमवार १४:१८

काठमाडौं: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा २०८२ जेठ २३ गतेदेखि...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

वि.सं.२०८३ असोज २६ सोमवार १२:४६

काठमाडौं: रिबन इन्टरटेनमेन्टद्वारा आयोजित 'व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६' अन्तर्गतको...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...