YouTube Link

राष्ट्रपति पौडेलबाट लिए नवनियुक्त मन्त्रीहरुले शपथ

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

काठमाडौं: राष्ट्रपतिको कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

 

शपथ लिनेहरुमा नेपाली कांग्रेसबाट ४ जना रहेका छन् । कांग्रेसबाट पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ सहरी विकास मन्त्री भएका छन् ।

 

कांग्रेसले ८ वटा मन्त्रालय पाएकोमा शुक्रबार ४ जनाले शपथ लिए छन् । माओवादीबाट शक्ति बस्नेतले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

 

दाहालले शुक्रबार सातौँ पटक पुनर्गठन गर्दा पनि मन्त्रिपरिषद्ले अझै पूर्णता भने पाउन सकेन । उनको जिम्मामा अझै ६ वटा मन्त्रालय बाँकी छन् ।

 

पुस ११ मा प्रधानमन्त्रीको शपथ लिएसँगै दाहालले त्यसपछि दोस्रो पटक माघ ३, तेस्रो तथा चौथो पटक १४ र २३, माघमा मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । उनले त्यसपछि १४ र १६ फागुनमा पनि मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए ।

 

नेपाली कांग्रेसबाट पूर्णबहादुर खड्का-उपप्रधान तथा रक्षा मन्त्री, डा. प्रकाश शरण महत-अर्थमन्त्री, रमेश रिजाल-उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, सीता गुरुङ-शहरी विकास मन्त्री बनेका छन् ।

 

त्यस्तै नेकपा माओवादी केन्द्रबाक्कट नारायणकाजी श्रेष्ठ-उपप्रधान तथा गृहमन्त्री, शक्ति बस्नेत-ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री, रेखा शर्मा-सञ्चार तथा सूचना प्रविधि मन्त्री, सुदन किराती-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, अमनलाल मोदी-संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन् ।

 

एकीकृत समाजवादीबाट बेदुराम भुसाल- कृषि तथा पशुपंक्षी विकास मन्त्री, प्रकाश ज्वाला-भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् भने जसपाबाट अशोक राई- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका छन् ।

 

त्यस्तै लोसपाबाट शरद सिंह भण्डारी-श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, नाउपाबाट रञ्जिता श्रेष्ठ-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनेका छन् भने नेसपाबाट महिन्द्र राय यादव-महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेका छन् ।

 

त्यसैगरी बाँकी मन्त्रालय प्रधानमन्त्रीसँग नै रहेको छ जसमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय परराष्ट्र मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र खानेपानी मन्त्रालय रहेका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...