YouTube Link

अन्जन विष्ट र अरुणा शाही वर्ष खेलाडी

Facebook Link

 

काठमाडौं: १९औं संस्करणको एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७८ मा फुटबलका अन्जन विष्ट र भलिबलकी अरुणा शाही वर्ष खेलाडी घोषित भएका छन् ।

 

नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) ले मंगलबार आयोजना गरेको विशेष समारोहमा अन्जन पुरुषमा र अरुणा महिला स्पर्धामा वर्ष खेलाडी घोषित भएका हुन् ।

 

पुरुषतर्फका विजेता अञ्जनले क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल, ब्याडमिन्टनका प्रिन्स दाहाल तथा फुटबलका किरणकुमार चेम्जोङलाई पछाडि पारे । अञ्जनले साफ च्याम्पियनसिपमा नेपाललाई पहिलोपटक फाइनलमा पुर्याउन मद्दत गरेका थिए ।

 

वर्ष महिला खेलाडी घोषित भलिबलकी अरुणाले क्रिकेटका सीता रानामगर र रुविना क्षेत्री, एथ्लेटिक्सकी पुष्पा भण्डारी र बक्सिङ पुनम रावललाई पछि पारिन् । अरुणाकै कप्तानी नेपालले बंगलादेश सम्पन्न एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि रक्षा गरेको थियो । पुरुष र महिलामा अवार्ड विजेताले बजार पल्सर मोटरसाइल प्राप्त गरे ।

 

भलिबलकै उषा भण्डारीले पिपुल्स च्वाइस अवार्ड जितिन् । ईसेवाको भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा उषा विजेता भएकी हुन् । सर्वाधिक ३८ प्रतिसत मत प्राप्त गर्दै विजेता भएकी उषाले बजार पल्सर मोटरसाइकल प्राप्त गरिन् । यो अवार्डको मनोनयनमा क्रिकेटका आसिफ सेख, फुटबलका अञ्जन विष्ट, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवाना लामा थिए ।

 

वर्ष उत्कृष्ट प्रशिक्षक भने फुटबलका अब्दुल्लाह अलमुताइरी घोषित भए । यो अवार्ड विजेताले पनि पल्सर मोटरसाइकल पाए । उनको प्रशिक्षणमा नेपाल माल्दिभ्समा सम्पन्न १३औं साफ च्याम्पियसिपको फाइनलमा पुगेको थियो । अब्दुल्लाहले पारा तेक्वान्दोका कविराज नेगी लामा, बक्सिङका दीपक महर्जन, क्रिकेटका डेभ ह्वाटमोर र भलिबलका जगदीश भट्टलाई पछि पारे ।

 

फुटबलका मनीष डाँगी युवा वर्ष खेलाडी घोषित भए । उनले फुटबलकै प्रीति राई, ब्याटमिन्टनकी रसिला महर्जन, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, भलिबलकी उषा भण्डारीलाई पछि पार्दै यो अवार्ड जिते ।

 

मनीषले अन्तर्राष्ट्रिय फुटबल पदार्पणमा एसियाली फुटबलको हेभिवेट राष्ट्र इराकविरुद्ध दर्शनीय गोल गरेका थिए । साथै साफ फुटबल च्याम्पियनसिपको उद्घाटन खेलमा आयोजक माल्दिभ्सविरुद्ध निर्णायक गोल गरेका मनीषले सोही वर्ष मच्छिन्द्र क्लबलाई लिग च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । यससँगै मनीषले पनि बजाज पल्सर मोटरसाइकल प्राप्त गरे ।

 

 

पारा तेक्वान्दोकी खेलाडी पलेशा गोवर्धन पारा एथ्लिट अवार्डबाट सम्मानित भइन् । उनले ट्रफीसँगै ५० हजार नगद पुरस्कार पाइन् । पलेशाले जापानमा सम्पन्न पारालम्पिकमा कांस्य पदक प्रतिस्पर्धासम्मको यात्रा तय गरेकी थिइन् ।

 

सोही वर्ष नै पलेशाले बहराइनमा सम्पन्न एसियन युथ पारा गेम्समा एक स्वर्ण जितेकी थिइन् । अन्तर्राष्ट्रिय एसियन खेल पत्रकार अवार्ड कतारका मोहम्मद हेजीले प्राप्त गरेका छन् ।

 

एथ्लेटिक्सका प्रशिक्षक रघुराज वन्तले लाइफटाइट एचिभमेन्ट अवार्ड जिते । साथै उनले पनि ५० हजार रुपैयाँ पुरस्कार पाए । स्पेसल अवार्डबाट ब्याडमिन्टनका दानबहादुर तामाङ र मायादेवि मोक्तान सम्मानित भए ।

 

आफ्ना तीन सन्तानलाई ब्याडमिन्टनका राष्ट्रिय च्याम्पियन बनाउन सफल तामाङ दम्पतीले विशेष अवार्डका साथै ५० हजार रुपैयाँ पाए । तामाङ दम्पती राष्ट्रिय च्याम्पियनत्रय सरादेवी, नङ्सल र रत्नजित तामाङका बुबाआमा हुन् ।

 

२०७८ सालमा नेपाली खेलकुद क्षेत्रको माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा योगदान पुर्याउने खेलाडी तथा खेलव्यक्तित्वलाई अवार्डबाट पुरस्कृत गरिएको हो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

वि.सं.२०८३ कात्तिक १५ आइतवार १३:२५

शनिबार आयोजित ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेमा बिनिता...

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...