YouTube Link

फिफा विश्वकप फुटबलको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने, गोल्डेन बुट र गोल्डेन बलमा मेस्सीकै अग्रता

Facebook Link

 

काठमाडौं: कतारमा जारी फिफा विश्वकप फुटबलको २२औं संस्करणको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन् ।

 

बुधबार राति भएको दोस्रो सेमिफाइनलमा अफ्रिकी राष्ट्र मोरक्कोलाई २-० गोल अन्तरले पराजित गर्दै साविकको विजेता फ्रान्सले उपाधिका लागि अर्जेन्टिनासँगको भेट पक्का गरेको हो ।

 

यसअघि अर्जेन्टिनाले पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएर ८ वर्षपछि फाइनलमा पुग्न सफल भएको थियो ।

 

फाइनल खेल पुस ३ गते राति ८:४५ बजे लुसेल आइकोनिक रंगशालामा हुनेछ । त्यो भन्दा एक दिन अघि तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्कोले राति ८:४५ बजे खलिफा रंगशालामा खेल्नेछ ।

 

विश्वकपको फाइनलमा यि दुई टोलीको पहिलो तथा समग्रमा चौथो भेट हुनेछ । यसअघि यि दुई टोलीले समूह चरणमा दुई पटक तथा एक पटक अन्तिम १६ मा प्रतिस्पर्धा गरेको छ ।

 

यि दुई टोलीबीच हालसम्म १२ पटक भेट भएको छ । जसमा अर्जेन्टिना ६ खेलमा विजयी हुँदा ३ खेल फ्रान्सले जितेको छ । ३ खेल बराबरीमा सकिएको छ ।

 

गोल्डेन बुटगोल्डेन बलमा मेस्सीकै अग्रता

 

यसैबोच फ्रान्सेली फरवार्ड किलीयन एमबाप्पेले लगातार दोस्रो खेलमा गोल गर्न नसक्दा फिफा विश्वकप कतार २०२२ को गोल्डेन बुट दौडमा लिओनेल मेस्सीले अग्रता लिएका छन् ।

 

गोल्डेन बुट र गोल्डेन बलका लागि फ्रान्स र अर्जेन्टिनाका खेलाडीलाई दावेदारको रुपमा हेरिएको छ । अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीसँगै युवा फरवार्ड किलियन एमबाप्पे र एन्टोइन ग्रिजमनको नाम यसका लागि चर्चामा छ ।

 

गोल्डेन बुटमा लिओनेल मेस्सी र किलियन एमबाप्पेबीच प्रतिस्पर्धा छ । दुवै खेलाडीले ५-५ गोल गरेका छन् । असिस्टको आधारमा लिओनेल मेस्सी सूचिको शीर्षस्थानमा छन् ।

 

फिफाको नियम अनुसार गोल्डेन बुट विजेताको निर्धारणमा दुई वा सो भन्दा बढी खेलाडीको समान गोल भएको अवस्थामा असिस्ट संख्या गणना हुनेछ । असिस्ट पनि बराबरी भए कम मिनेट खेल्ने खेलाडीले गोल्डेन बुट पाउनेछन् । हाल मेस्सीको ३ असिस्ट र एमबाप्पेको २ असिस्ट छ ।

 

मेस्सीले प्रतियोगिताको ६ खेल खेल्दा एक खेलमा मात्र गोल गर्न सकेका छैनन् । पहिलो खेलमा साउदीविरुद्ध गोल गरेका मेस्सीले दोस्रो खेलमा मेक्सिकोविरुद्ध १ गोल र १ असिस्ट दिएका थिए । तेस्रो खेलमा पोल्यान्डविरुद्ध उनले गोल गर्न सकेनन् ।

 

नकआउट चरणको सबै तीन खेलमा मेस्सीले गोल गरेका छन् । अष्ट्रेलियाविरुद्ध एक गोल गरेका मेस्सीले त्यसयता नेदरल्यान्ड्स र क्रोएसिया दुवै विरुद्ध १ गोल र १ असिस्ट दिएका छन् ।

 

यता फ्रान्सका फरवार्ड एमबाप्पेले भने ६ मध्य तीन खेलमा कुनै गोल र असिस्ट दिन सकेका छैनन् । नकआउट चरणको पछिल्लो दुई खेलमा उनी गोलविहिन नै छन् ।

 

पहिलो खेलमा अष्ट्रेलियाविरुद्ध १ गोल र १ असिस्ट दिएका उनले डेनमार्कविरुद्ध २ गोल गरे । पोल्यान्डविरुद्ध जितमा २ गोल र १ असिस्ट गरेका एमबाप्पे इंग्ल्यान्ड र मोरक्कोविरुद्ध भने गोल गर्न सकेनन् ।

 

त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले प्राप्त गर्ने गोल्डेन बलमा खेलाडीको सबै प्रदर्शन हेरिन्छ । यसमा खेलाडीले आफ्नो टोलीका लागि गरेको योगदान मापन गरिन्छ । हालको अवस्थामा मेस्सी नै गोल्डेन बलको दावेदार रहेका छन् ।

 

मेस्सी सर्वाधिक असिस्टको सुचिमा पनि ग्रिजमनसँग बराबरीमा छन् । मेस्सी र ग्रिजमनसँगै पोर्चुगलका ब्रुनो फर्नान्डेस र इंग्ल्यान्डका ह्यारी केनले ३-३ असिस्ट दिएका छन् । केन र ब्रुनो प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...