YouTube Link

पाकिस्तानलाई हराउँदै इंग्ल्यान्डले जित्यो टी-२० पुरुष विश्वकप क्रिकेटको उपाधि

Facebook Link

 

एजेन्सीः पाकिस्तानलाई ५ विकेटले हराउँदै इंग्ल्यान्डले आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको उपाधि जितेको छ ।

 

अष्ट्रेलियाको मेलबर्नमा भएको फाइनलमा पाकिस्तानले दिएको १३८ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभरमा ५ विकेट गुमाएर १३८ रन बनाएर पूरा गर्यो ।

 

इंग्ल्यान्डको जितमा बेन स्टोक्स नायक बने । उनले अविजित रहदै सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेले । लियाम लिभिङस्टोन १ रनमा अविजित रहे ।

 

कप्तान जोस बट्लर २६ रनमा आउट हुँदा ह्यारी ब्रुकले २० रन बनाए । मोइन अली १९ रन, फिल साल्ट १० रनमा आउट भए भने एलेक्स हेल्स १ रनमा आउट भए ।

 

पाकिस्तानका हरिस राउफले २ तथा शादब खान, मोहमद वासिम र शाहिन शाह अफ्रिदीले १/१ विकेट लिए ।

 

त्यसअघि मेलबर्न क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १३७ रन बनाएको थियो ।

 

पाकिस्तानका लागि शान मसुदले सर्वाधिक ३८ रन जोडे । कप्तान बाबर आजमले ३२ रन जोड्दा मोहमद रिजवानले १५ रन बनाए ।

 

शादब खानले २० रन जोड्दा मोहमद हरिस ८ रन, मोहमद वासिम ४ रन, मोहमद नवाज ३ रन  तथा इफ्तिखर अहमेद सुन्य रनमा आउट भए । शाहिन साह अफ्रिदी ५ रनमा अविजित रहदा हरिस राउफले अविजित १ रन बनाए ।

 

इंग्ल्यान्डका साम करनले ३ विकेट लिए । घातक बलिङ गरेका उनले ४ ओभरमा मात्र १२ रन खर्चिए । क्रिस जोर्डन र आदील राशिदले २/२ विकेट लिए । बेन स्टोक्सको नाममा १ विकेट रह्यो ।

 

इंग्ल्यान्डले दोस्रो पटक टी-२० विश्वकप क्रिकेटको उपाधि जितेको हो । यस अघि इंग्ल्यान्डले २०१० मा पहिलो पटक उपाधि जितेको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

वि.सं.२०८३ कात्तिक १५ आइतवार १३:२५

शनिबार आयोजित ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेमा बिनिता...

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...