YouTube Link

ह्याण्डबलको सेमिफाईनल समिकरण पुरा

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

काठमाडौं: नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष ह्याण्डबलमा सेमिफाईनल समिकरण पुरा भएको छ । सेमिफाईनलमा गण्डकी, लुम्बिनी, आर्मी र एपीएफले सेमिफाईनलमा स्थान पक्का गरेका छन् ।

 

समूह ए बाट गण्डकी र नेपाली सेनाले अन्तिम ४ मा स्थान बनाएको हो । समूह ए मा गण्डकीले समूह विजेता बन्दै सेमिमा स्थान बनाएको हो । गण्डकी र सेनाको अंक समान भए पश्चात गोल अन्तरका आधारमा गण्डकी समूह विजेता बनेको हो ।

 

त्यस्तै, समूह बी बाट सशस्त्र र लुम्बिनीले अन्तिम ४ मा स्थान बनाएको हो । सशस्त्रले समूह विजेता र लुम्बिनीले उपविजेता बन्दै सेमिफाइनलमा स्थानबनाएको हो ।

 

महिला तर्फ समूह ए बाट एपिएफ र गण्डकी प्रदेश समूह विजेता र उपबिजेता बन्दै सेमिफाईनलमा स्थान बनाएका हुन् । अब सेमिफाईनलमा एफिएफले समूह बीको उपबिजेता प्रदेश १ को सामना गर्नेछ भने गण्डकी प्रदेशले समूह बीको बिजेता नेपाली सेनासंग प्रतिस्पर्धा गर्ने भएका छन् ।

 

बिहिबार पोखरा बहुउद्धेश्यीय कभर्डहलमा भएको पुरुष ह्याण्डबल प्रतियोगितामा गण्डकी प्रदेश र नेपाली सेनाले बराबरी खेल्यो । गण्डकी र सेनाले २७–२७ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । गण्डकीका दिनेश श्रेष्ठ, प्रेमबहादुर गुरुङ्ग र बासु गुरुङ्ग तथा नेपाली सेनाका यामबहादुर पुन मगर र निर्मल बाबु श्रेष्ठ प्रत्येकले ६-६ गोल गरे ।

 

पुरुषकै दोश्रो खेलमा कर्णाली प्रदेशले मधेस प्रदेशलाई ४१–१५ गोल अन्तरले पराजित गर्न सफल भयो । कर्णालीका लागि केशव बिष्टले सर्वाधिक १३ गोल गरे । पुरुषकै अर्को खेलमा सशस्त्र प्रहरी बलले सुदूरपश्चिम प्रदेशलाई ३५–१९ ले पराजित गर्यो । एपिएफका सुरेश आले मगरले ११ गोल गरे ।

 

महिला तर्फको खेलमा कर्णाली प्रदेशले जित निकाल्यो । कर्णालीले बागमती प्रदेशलाई ५–२ गोल अन्तरले पराजित गरेको हो । कर्णालीकी संगिता सिंहले ४ गोल गरिन् । यस्तै प्रदेश १ ले मधेस प्रदेशलाई १९–४ गोल अन्तरले पराजित गरयो । प्रदेश १ की प्रेक्षा कटुवालले ८ गोल गरिन् । महिलाकै गण्डकी प्रदेश र लुम्बिनी प्रदेशविचको खेलमा गण्डकीले बाजी मार्यो । गण्डकीले ३५–९ को गोल अन्तरले लुम्बिनीलाई पराजित गरेको हो । गण्डकीकी आकृती गुरुङ्गले ७ गोल गरिन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...