YouTube Link

महिला क्रिकेटमा एपीएफ र मधेश प्रदेश बिजयी

World Cup 2026
Facebook Link

 

काठमाडौं: नवौं राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार सशस्त्र प्रहरी बलको एपिएफ र मधेश प्रदेश बिजयी भएका छन् ।

 

बिहीबारको पहिलो खेलमा एपिएफले गण्डकी प्रदेशलाई र दोश्रो खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै बिजयी भएका हुन् ।

 

बिहीबारको पहिलो खेलमा एपीएफ क्लवले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्यो । पोखरा रंगशालामा भएको खेलमा गण्डकीले प्रस्तुत गरेको २७ रनको सामान्य लक्ष्य एपीएफले १ सय ६ बल बाँकि रहँदै प्राप्त गर्यो । एपीएफको तर्फबाट सिता राना मगरले ५ बलमा २ चौका प्रहार गर्दै १२ रन जोडिन । इन्दु बर्माले ३ बलमा २ चौका सहित ९ रन जोडिन् ।

 

खराब लयबाट गुज्रिइरहेको गण्डकीले पहिला व्याटिङ गर्दै १८.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर २६ रन बनाएको थियो । गण्डकीका कुनैपनि खेलाडीले दोहोरा आँकडाको योगफल तयार पार्न सकेनन् । श्रृष्टि जैशिले बनाएको ५ रननै गण्डकीको सर्वाधिक बन्न पुग्यो ।

 

एपीएफको बलिङमा प्लेयर अफ द म्याच इन्दु बर्माले ३ ओभरमा ४ रन खर्चिएर २ विकेट लिइन् । त्यस्तै, सुमन विष्ट, नेरी थापा, निशा भट्ट र सिता रानामगरले १–१ किवेट लिए । गण्डकीका श्रृष्टी जैशिले १ विकेट लिइन् ।

 

जितसंगै एपीएफ ग्रुप ए को शिर्षस्थानमा पुगेको छ । एपीएफले दुई खेलमा दुई जित हाँसिल गर्दै ४ अंक जोडेको छ ।

 

बिहीबार भएको दोश्रो खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १५ रनले पराजित गर्दै बिजयी भयो । पहिले व्याटिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९१ रनको योगफल तयार गर्यो । ९२ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको सुदूरपश्चिम प्रदेशले ८ विकेट गुमाएर ७६ रन मात्र बनाएपछि मधेश प्रदेश बिजयी भएको हो ।

 

बिहीबारको खेलमा मधेश प्रदेशका सना प्रविन प्लेयर अफ दी म्याच घोषित भईन् । उनले मधेशका लागि ३५ रनको योगदान दिईन् । त्यस्तै गोमा आलेले १० रन बनाईन् । मधेशका सन्तोषी चौधरी, शान्ती चौधरी र अनुराधा चौधरीले समान २-२ विकेट हत्याए । सुदूरपश्चिमका लागि ऋतु कनौजियाले २७, रुवी पोद्दारले १२ तथा यशोदा विष्टले ११ रनको योगदान दिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्पेन र फ्रान्सबीचको पहिलो सेमिफाईनल भिडन्त

स्पेन र फ्रान्सबीचको पहिलो सेमिफाईनल भिडन्त

वि.सं.२०८३ असार ३० मंगलवार ११:५०

काठमाडौं: जारी फिफा विश्वकप फुटबल-२०२६ को पहिलो सेमिफाइनलमा आज राति...

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

वि.सं.२०८३ असार २९ सोमवार १२:४२

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र र सरकार सञ्चालनमा नीतिगत...

विश्वकपमा ६४ टोलीको प्रतियोगिता कसरी सम्भव हुन्छ भन्ने विषयमा छलफल गरिनेः फिफा अध्यक्ष जियानी इन्फान्टिनो

विश्वकपमा ६४ टोलीको प्रतियोगिता कसरी सम्भव हुन्छ भन्ने विषयमा छलफल गरिनेः फिफा अध्यक्ष जियानी इन्फान्टिनो

वि.सं.२०८३ असार २९ सोमवार १२:१९

काठमाडौं: विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले पुरुष...

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...

सेमिफाइनल समीकरण पूरा, अर्जेन्टिना-इंग्ल्यान्ड र फ्रान्स-स्पेन भिड्ने

सेमिफाइनल समीकरण पूरा, अर्जेन्टिना-इंग्ल्यान्ड र फ्रान्स-स्पेन भिड्ने

वि.सं.२०८३ असार २८ आइतवार १२:४७

काठमाडौं: फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...