YouTube Link

रमाउन जाने हैन त 10x क्लवमा ! चर्चित कलाकारका साथ पहिलो वार्षिकोत्सव धुमधामका साथ मनाउँदै

Facebook Link

 

काठमाडौं: पर्यटकहरुको भिड लाग्ने ठमेलमा 10x (टेन एक्स) क्लवले आफ्नो पहिलो वार्षिकोत्सव यहि असोज ३० र ३१ गते चर्चित कलाकारहरुको उपस्थितमा धुमधामका साथ मनाउने भएको छ ।

 

दुई दिनसम्म चल्ने वार्षिकोत्सवमा नेपालका चर्चित गायक अनिल सिंह, एकदेव लिम्बू, कालीप्रसाद बास्कोटा, डीजे ओलारसको उपस्थितिमा सुशील नेपालले होस्ट गर्नेछन् ।

 

10x (टेन एक्स) क्लवले गत वर्षदेखि स्टेट अफ द आर्ट क्लबिङको अनुभव प्रस्तुत गर्दै आएको छ । सुरुमा चार जनासँग मिलेर लगानी सुरु गरेको क्लवमा अहिले ७५ जना भन्दा बढी कर्मचारीहरुले रोजगारी पाईरहेका छन् ।

 

10x (टेन एक्स) क्लव नेपालको शीर्ष क्लवहरू मध्येको एकमा पर्दछ । क्लवको वार्षिकोत्सवमा गायक अनिल सिंह र एकदेव लिम्बुसँगै कालीप्रसाद बास्कोटा र डीजे ओलारसले मुख्य आकर्षणको रुपमा प्रस्तुति दिने क्लवले जनाएको छ ।

 

चर्चित पप गायक अनिल सिंहको “इन्जिन गडीमा”, “प्रेम पत्र”, “आई लभ यू”, “दुब्ना देउ” जस्ता गीतहरु युवा माझ लोकप्रिय छन् । उनी युवापुस्ता माझ लोकप्रिय गायकको रुपमा परिचित छन् ।

 

कालीप्रसाद बास्कोटाका धेरै लोकप्रिय गीतहरू छन् । उनको चर्चित गीतहरूमा “नीरा”, “जल्मा”, “ठमेल बजार”, “लैजा रे” लगायतका गीत चर्चित छन् ।

 

एकदेव लिम्बु एक उदीयमान कलाकार हुन् । ‘हिडाइछु मा’ गीतबाट डेब्यु गरेका उनको लोकप्रिय ब्याण्ड B-8 र नयाँ गायिका प्रार्थना गौतमसँगको नयाँ गीत ‘मा गाउँछु’ गीत चर्चित छ । उनी युवापुस्ता माझ लोकप्रिय छन् ।

 

डीजे ओलारस जो युक्रेनकी स्याक्सोफोनिस्ट हुन् । उनी विश्वका शीर्ष ५० महिला डीजेमा पर्छिन । अहिले पनि उनी विश्वका शीर्ष १०० महिला डीजेहरूमा पर्छिन् । उनले मिक्सिङ क्लब ट्र्याकहरू, स्याक्सोफोन बजाएर लाइभ संगीतलाई प्रगाढ पार्छिन् ।

 

क्लवले वार्षिकोत्सवको अवसरमा नेपालका चर्चित कलाकारहरू र कलाकारहरूसँग सहकार्य गर्दै ग्राहकहरूलाई २ दिनको लागि २०% छुट दिने भएको छ । वार्षिकोत्सव कार्यक्रममा ब्यान्डका कलाकारहरूसँगै अन्य सेलिब्रेटीहरूको पनि उपस्थित हुने क्लवले जनाएको छ ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...