Texas College
YouTube Link

सन् २०३०को फिफा विश्वकप आयोजना गर्न अर्जेन्टिनासहित चार राष्ट्रको संयुक्त रुपमा दावी

Facebook Link

 

एजेन्सी: सन् २०३० को फिफा विश्वकप आयोजनाका लागि अर्जेन्टिना सहित चार राष्ट्रले संयुक्त रुपमा दावी पेश गरेका छन् ।

 

दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना, चिली, उरुग्वे र पाराग्वेले संयुक्त रुपमा २०३० को विश्वकप आयोजनाका लागि दाबी पेश गरेको छ ।

 

उरुग्वेले १९३० मा पहिलो संस्करणको विश्वकप आयोजना गरेको थियो । त्यसयता उरुग्वेले विश्वकपको आयोजना गरेको छैन । उरुग्वे एक शताब्दीपछि विश्वकप आयोजना गर्न चहान्छ ।

 

चिलीले १९६२ मा तथा अर्जेन्टिनाले १९७८ को विश्वकप आयोजना गरेको थियो । सन् २०३० को विश्वकप आयोजनाका लागि स्पेन र पोर्चुगलले समेत संयुक्त दाबी पेश गरिसकेको छ ।

 

सन् २०२२ को विश्वकप एसियाली राष्ट्र कतारमा यसै वर्ष आयोजना हुँदैछ । यस्तै २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने तय भइसकेको छ ।

 

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले सन् २०२४ मा २०३० को विश्वकप आयोजना गर्ने राष्ट्रको घोषणा गर्नेछ ।

 

पहिलो संस्करणको विश्वकपमा आयोजक उरुग्वेले अर्जेन्टिनालाई फाइनलमा हराएर उपाधि जितेको थियो ।

 

बेलायत र रिपब्लिक अफ आयरल्यान्ड सन् २०३० को विश्वकप आयोजनाको दावीबाट पछि हट्दै सन् २०२८ को युरोकप आयोजना गर्न योजनामा रहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

वि.सं.२०८३ वैशाख २१ सोमवार १४:४४

काठमाडौं: नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले सशस्त्र प्रहरी...

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

वि.सं.२०८३ वैशाख २० आइतवार १४:५३

काठमाडौं: काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...