चीनले सुरु गर्यो ताइवानको सीमा क्षेत्रमा सैन्य अभ्यास
वि.सं.२०७९ साउन १९ बिहीवार ०९:२४
4.5K
shares
एजेन्सी: अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणबाट फर्किएलगत्तै चीनले ताइवान आसपासको क्षेत्रमा सैन्य अभ्यास सुरु गरेको छ ।
चीनले संसारको सबैभन्दा व्यस्त जलमार्गमा सैन्य अभ्यास हुने र लामो दूरीसम्म गोला बारुद्ध प्रहार हुने समेत बताएको छ ।
यो अभ्यासबाट जोगिन ताइवानले आफ्ना जहाजहरुलाई वैकल्पिक मार्ग अपनाउन आग्रह गरेको छ । जापानले छिमेकी मुलुकहरुसँगको हवाइमार्गमा समेत विकल्पको खोजी गरेको छ ।
यसअघि चीनको चेतावनी र अमेरिकी राष्ट्रपति जो बाइडेनकै असहमतिका बाबजुद पेलोसी मंगलबार ताइवान पुगेकी थिइन् ।
भ्रमणबाट फर्किँदै गर्दा ताइवानलाई एक्लो नछोड्ने पेलोसीको अभिव्यक्तिपछि चीन थप आक्रोशित देखिएको छ ।
यसअघि जी सेभेनको बैठकमा चिनियाँ गतिविधिले ताइवान र आसपासका क्षेत्रमा अस्थिरता फैलिन लागेको चर्चा भएको थियो ।
यस्तै सीमा क्षेत्रमा चिनियाँ लडाकु विमानहरुको गतिविधि बढेपछि ताइवानले पनि आफ्नो आकाशमा लडाकु विमानको उपस्थिति बढाएको छ ।
उसले चिनियाँ लडाकु विमानको निगरानीका लागि वायु सेना परिचालन गरेको उल्लेख गरेको छ ।
वि.सं.२०७९ साउन १९ बिहीवार ०९:२४



















