YouTube Link

मेयर बालेन र बाबुरामबीच भेटवार्ता, शहरी विकासबारे छलफल

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

 

बालेन अध्यक्ष डा. भट्टराईलाई भेट्न शुक्रवार उनकै निवास टोखा पुगेका थिए ।

 

मेयर बालेनसँगको भेटको तस्बीर डा. भट्टराईले ट्वीटरमार्फत सार्वजनिक गरेका छन् । उनले मेयर बालेनसँग महानगरपालिकाको समस्या र योजनाबद्ध विकासबारे छलफल भएको जानकारी दिएका छन् ।

 

उनले ट्वीटरमा लेखेका छन्, ‘काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र टिमसँग महानगरपालिकाका समस्या र योजनाबद्ध विकासवारे सार्थक विमर्श ! सफलताको हार्दिक शुभकामना !’

बालेन स्वतन्त्र उम्मेदवार भई काठमाडौंको मेयरमा निर्वाचित भएका थिए । मेयरमा निर्वाचित भएलगत्तै उनले सबैजसो प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गरिसकेका छन् ।

 

मतगणनाको अन्तिम परिणाम सार्वजनिक नहुँदै उनी नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेका थिए ।

 

शपथ लिएपछि उनले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतसँग भेटवार्ता गरेका थिए ।

 

अन्य नेताहरूलाई निर्वाचन सकिएको केही समयमै भेटेका उनी जसपा अध्यक्ष डा. भट्टराईलाई भेट्न भने ढिलो गरी मात्र गएका हुन् ।

 

निर्वाचन सम्पन्न भएको २ महिना बित्न लाग्दा भट्टराईलाई भेट्न बालेन उनकै निवास पुगेका हुन् ।

 

केही दिनअघि पूर्व प्रधानमन्त्री भट्टराईले काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट जितेका बालेन शाहसँग ‘प्रणाली’ नभएको टिप्पणी गरेका थिए ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...