YouTube Link

युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

काठमाडौं: नयाँ आर्थिक वर्षका लागि  युवा तथा खेलकुद मन्त्रालयको बजेट घटेको छ । सरकारले नयाँ आर्थिक वर्षका लागि पेश गरेको बजेटमा युवा तथा खेलकुद मन्त्रालयको बजेट घटेको हो ।

 

संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले नयाँ आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्व ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।

 

चालू आर्थिक वर्षमा सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

 

खेलकुद विवाद अदालत प्रवेश गरेसँगै यस वर्ष खेलकुदको बजेट खासै सदुपयोग हुन सकेको छैन । सोही कारण सरकारले नयाँ आर्थिक वर्षमा खेलकुदको बजेट घटाएको हो ।

 

सरकारले खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद्लाई २ अर्व ९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

 

यस्तै नयाँ आर्थिक वर्षमा खेल पूर्वाधारमा ८७ करोड रुपैयाँ बजेटको विनियोजन  गरिएको छ ।

 

सरकारले खेलकुद पर्यटनको प्रवर्द्धनका लागि सार्वजनीक नीजि साझेदारीमा शाहसीक तथा पर्वतीय खेलकुदका पूर्वाधार निर्माण तथा सञ्चालन गर्न प्रोत्साहन गरिने व्यवस्था बजेटमा गरेको छ ।

 

जुम्लाको कोप्लापाटन लगायतका स्थानमा हाइअल्टिच्युड एण्ड स्पोर्टस सेन्टर स्थापना गर्न बजेट विनियोजन गरिएको छ ।

 

सरकारले नयाँ आर्थिक वर्षमा मुलपानी क्रिकेट मैदानको निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । साथै कीर्तिपुरस्थित त्रिवि मैदानमा रात्रिकालिन खेल सञ्चालन गर्न सकिने गरि फ्लड लाईट राख्न आवश्यक बजेट विनियोजन गरेको बताएको छ ।

 

संसदमा नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रदेश र स्थानीय तहसँगको समन्वयमा चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय खेल मैदानको निर्माण कार्य पुरा गरिने बताए ।

 

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि आवश्यक रकम विनियोजन गरेको छ । साथै कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदका लागि आवश्यक पुर्वाधारण निर्माण गरिने बताएका छन् ।

 

सरकारले स्थानीय तह खेल ग्राम कार्यक्रमलाई निरन्तरता दिदै बाँकेको कोहलपुरमा महिला क्रिकेट एकेडेमी निर्माण र रंगशालाका लागि आवश्यक बजेट विनियोजन गरेको बताएको छ ।

 

अर्थमन्त्री शर्माले धनगढीको फाप्ला अन्तराष्ट्रिय खेल मैदान र खेलग्रामको निर्माण गरिने उल्लेख गर्दै नीजि क्षेत्रलाई खेल विश्वविद्यालय खोल्न प्रोत्साहित गरिने बताए ।

 

सरकारले विदेश क्लबलाई नेपालमा फ्रेन्चाईज लिग गर्न अनुकुल वातावरण निर्माण गरिने बताएको छ ।

 

अर्थमन्त्री शर्माले खेलकुद संघको संस्थागत क्षमता विकास गरि खेलकुद प्रतियोगिता आयोजनामा खेल संघको भुमिका प्रभावकारी बनाईने उल्लेख गर्दै खेल संघलाई दिदै आएको अनुदानलाई वृद्धि गरिएको बताएका छन् ।

 

सरकारले खेलाडी र प्रशिक्षकको क्षमतालाई अभिवृद्धि गर्दै खेलाडीलाई प्रोत्साहन गर्ने कार्यलाई निरन्तरता दिएको बताएको छ ।

 

सरकारले अन्तराष्ट्रिय तथा राष्ट्रिय खेलकुदमा प्रतियोगितामा सहभागी सम्पुर्ण खेलाडीको विमाको प्रबन्ध गरिने व्यवस्था बजेटमा मिलाएको छ ।

 

नयाँ आर्थिक वर्षको बजेट कार्यक्रममा महोत्तरीको मटियानी, चितवनको कठार, पूर्वी नवरपरासीको मध्यविन्दुमा स्थानीय तह र नीजि क्षेत्रको सहकार्यमा अत्याधुनिक रिक्रियसन सेन्टर स्थापना गरिने उल्लेख गरेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...