साफ यू-१८ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र बंगलादेश भिड्दै
वि.सं.२०७८ चैत ३ बिहीवार ११:२१
3.1K
shares
काठमाडौं: भारतमा जारी साफ यू-१८ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज बंगलादेशको सामना गर्दैछ ।
भारतको जमसेदपुरमा नेपालले बलियो टोली बंगलादेशको सामना गर्नेछ ।
नेपाल र बंगलादेशबीचको खेल बेलुका ७:१५ बजे सुरु हुनेछ ।
आज बंगलादेशलाई हराउँदै नेपाल पहिलो जित निकाल्न चाहन्छ । तर, उपाधि दाबेदार बंगलादेशविरुद्ध जित निकाल्न नेपाललाई सहज छैन ।
बंगलादेश पनि नेपाललाई हराएर सुखद सुरुवात गर्न चाहन्छ ।
पहिलो खेलमा नेपाल आयोजक भारतसँग ७-० गोल अन्तरले पराजित भएको थियो ।
डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ ।
यस्तै नेपालले तेस्रो खेल मार्च २१ मा भारतसँग खेल्दा नेपालले मार्च २३ मा बंगलादेशसँग खेल्नेछ ।
शीर्ष टोलीले उपाधि जित्नेछ ।
वि.सं.२०७८ चैत ३ बिहीवार ११:२१




















