विश्वकपमा छनोटमा आज युएई र नेपाल खेल्दै
वि.सं.२०७८ फागुन १० मंगलवार १०:०८
2.1K
shares
काठमाडौं: आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ‘ए’ को सेमिफाइनलमा नेपालले आज युएईसँग खेल्दैछ ।
नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
टी-ट्वान्टी विश्वकपमा छनोट हुने लक्ष्य बोकेको नेपालका लागि यस खेल महत्वपूर्ण रहेको छ ।
किनकी यस खेलले नेपालको विश्वकप यात्राको छिनोफानो गर्नेछ ।
नेपाल आज युएईलाई हराउँदै फाइनल पुग्न चाहन्छ ।
युएई पनि नेपाललाई हराएर फाइनल पुग्न चाहन्छ ।
यस खेलमा विजेता बन्दै फाइनल पुग्ने टोली अष्ट्रेलियामा आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपमा छनोट हुनेछन् ।
नेपालले सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी-ट्वान्टी विश्वकप खेलेको थियो ।
त्यसयता नेपाल छनोटमा असफल हुँदै आईरहेको छ ।
छनोटको समूह ‘बी’ को नेपाल समूह विजेता बनेर सेमिफाइनल पुगेको हो ।
नेपालले ३ खेलमा ३ जितसहित ६ अंक जोडेको थियो । युएई समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
नेपाल र युएईबीचको पछिल्लो हेड टु हेड बराबरीको स्थितिमा रहेको छ ।
नेपाल र युएईबीचको पछिल्लो चार टी-ट्वान्टी खेलमा दुबैले २ जित र २ हार व्यहोरेको छ ।
वि.सं.२०७८ फागुन १० मंगलवार १०:०८



















