ए डिभिजन लिगमा आज एपीएफ र मनाङ तथा एनआरटी र संकटा भिड्दै
वि.सं.२०७८ फागुन ५ बिहीवार ०७:२५
1.9K
shares
काठमाडौं: सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा गरी दुई खेलहरु हुँदैछन् ।
लिगको ११ औं चरण अन्तर्गत आज दशरथ रंगशालामा हुने खेलमा एपीएफ क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ यी दुईबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
मनाङ १० खेलमा २० अंक जोडेर दोस्रो स्थानमा छ ।
एपीएफ १० खेलमा ११ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा न्युरोड टिम एनआरटी र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
एनआरटी १० खेलमा १४ अंक जोडेर सातौं स्थानमा छ ।
संकटा १० खेलमा १५ अंक जोडेर पाँचौं स्थानमा छ ।
वि.सं.२०७८ फागुन ५ बिहीवार ०७:२५




















