YouTube Link

इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशको विजयी सुरुवात

Khanepani Dhal
Facebook Link

एजेन्सी: इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले विजयी सुरुवात गरेको छ । आईतबार भएको खेलमा बलियो टिम दक्षिण अफ्रीकालाई २१ रनले पराजित गर्दै बंगलादेशले सुखद सुरुवात गरेको हो ।

लण्डनको केनिङटन ओभलमा बंगलादेशले दिएको ३ सय ३१ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ९ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रीकाका लागि कप्तान फाप डु प्लेसिसले ६२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै जेपी डुमिनी र एडिन मक्रामले समान ४५/४५ रन जोड्दा भान डेर डुसेनले ४१ रन बनाए ।

बंगलादेशका मुस्ताफिजुर रहमानले ३ तथा मोहमद साईफुदीनले २ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभर खेल्दै ६ विकेट गुमाएर ३ सय ३० रन बनाएको थियो । बंगलादेशका लागि मुस्फिकर रहमान र शाकिब अल हसनले अर्धशतकीय इनिङ्स खेले । रहमानले ७८ रन जोड्दा हसनले ७५ रन जोडे । यस्तै महमदउल्लाहले अविजित ४६ र सौम्य सरकारले ४२ रन जोडे । मोसाडेक होसेनले २६ रन जोड्दा मोहमद मिथुनले २१ रन बनाए । जितसंगै बंगलादेशले पहिलो खेलमै २ अंक जोडेर शानदार सुरुवात गरेको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
त्रिकोणात्मक टि-२० आई सिरिजमा नेपालको पहिलो जित

त्रिकोणात्मक टि-२० आई सिरिजमा नेपालको पहिलो जित

वि.सं.२०८२ असार ४ बुधवार ०५:३८

काठमाडौं: नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि-२०आई सिरिजको तेस्रो...

स्पेन नेशन्स लिगको फाइनलमा, पोर्चुगलसँग फाइनल खेल्ने

स्पेन नेशन्स लिगको फाइनलमा, पोर्चुगलसँग फाइनल खेल्ने

वि.सं.२०८२ जेठ २३ शुक्रवार ०८:४२

एजेन्सी: स्पेन नेशन्स लिगको फाइनलमा पुगेको छ । लामिन यामालको...

नेपालले आज स्कटल्याण्डसँग प्रतिष्पर्धा गर्दै

नेपालले आज स्कटल्याण्डसँग प्रतिष्पर्धा गर्दै

वि.सं.२०८२ जेठ १९ सोमवार ०९:१४

काठमाडौं: विश्वकप लिग टु को चौथो राउण्ड अन्तर्गतको पहिलो खेलमा...

नेपालले आज थाइल्यान्डसँग दोस्रो खेल खेल्दै

नेपालले आज थाइल्यान्डसँग दोस्रो खेल खेल्दै

वि.सं.२०८२ जेठ १९ सोमवार ०८:५४

काठमाडौं: नेपालले थाइल्यान्डको राजधानी बैंककमा घरेलु टोलीसँग आज दोस्रो खेल...

नेपालले थाइल्यान्डको घरेलु टोलीसँग खेल्दै, सावित्रा भण्डारी ‘साम्बा’ र रेखा पौडेल टोलीसँग जोडिए

नेपालले थाइल्यान्डको घरेलु टोलीसँग खेल्दै, सावित्रा भण्डारी ‘साम्बा’ र रेखा पौडेल टोलीसँग जोडिए

वि.सं.२०८२ जेठ १६ शुक्रवार १२:०७

काठमाडौं: नेपालले थाइल्यान्डको राजधानी बैंककमा घरेलु टोलीसँग (आज) मे ३०...

उत्कृष्ट पेनाल्टी गोल गर्दै खेम दुराले जिताए मैत्रीपूर्ण फूटबल प्रतियोगिता

उत्कृष्ट पेनाल्टी गोल गर्दै खेम दुराले जिताए मैत्रीपूर्ण फूटबल प्रतियोगिता

वि.सं.२०८२ जेठ १० शनिवार २१:४९

काठमाडौं: नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्डको अवसरमा बक्स अफिस...