Texas College
YouTube Link

आत्मघाती गोल उपहारसँगै मछिन्द्रको संघर्षपूरण जित

Facebook Link

 

 

काठमाडौं: सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्षस्थानमा रहेको मछिन्द्र फुटबल क्लबले संघर्षपूरण जित निकालेको छ ।

 

मछिन्द्रले आत्मघाती गोलको मद्दतमा रेलिगेसन जोनको पुछारमा रहेको फ्रेन्ड्स क्लबमाथि संघर्षपूर्ण जित निकालेको हो ।

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा मछिन्द्रले फ्रेन्ड्सलाई दवावमा राखेपनि गोलको लागि संघर्षपूर्ण खेलको दोस्रो हाफमा आत्मघाती गोलबाट १-० गोलको नतिजा निकालेको हो ।

 

खेलको ६७औं मिनेटमा आत्मघाती गोलबाट मछिन्द्रले खेलमा १–० को अग्रता लिन सफल भयो । कप्तान सुजल श्रेष्ठको क्रसलाई आकाश राईले हेड गर्दा रोनेल एन्थोनी पउलले हेडमार्फत गोलरक्षक राहुललाई दिएको पासले जाली चुम्न पुगेको थियो ।

 

जितसँगै अपराजित रहेर शीर्षस्थानमा रहेको मछिन्द्रको ८ खेलबाट २० अंक पुगेको छ ।

 

लगातार हारसँगै फ्रेन्ड्सको रेलिगेसनको दवाव बढेको छ ।

 

फ्रेन्ड्स ८ खेलबाट ३ अंक जोडेर पुछारमा रहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...