प्रधानमन्त्री कप क्रिकेट एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदै

वि.सं.२०७६ जेठ १२ आइतवार ०७:५४
936
shares
काठमाडौं: तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता प्रतियोगिता अन्तर्गत आज दुई खेल हुनेछन् । त्रिवि क्रिकेट मैदानमा हुने खेलमा त्रिभुवन आर्मी र प्रदेश-१ बिच प्रतिस्पर्धा हुनेछ भने मुलपानी क्रिकेट मैदानमा नेपाल पुलिस र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिता अन्तर्गत हिजो भएको खेलमा विभागीय टिम एपीएफले विजयी सुरुवात गरेको छ । किर्तीपुरस्थित त्रिवी क्रिकेट मैदानमा प्रदेश-३ लाई ४१ रनले पराजित गर्दै एपीएफले विजयी सुरुवात गरेको हो । एपीएफले प्रस्तुत गरेको २ सय ८९ रनको लक्ष्य पछ्याएको प्रदेश-३ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४७ रनमात्र बनाउन सक्यो । प्रदेश-३ का ज्ञानेन्द्र मल्लले १ सय १७ रनको शतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।
टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ८८ रन बनाएको थियो । एपीएफका लागि सुमित महर्जन र कप्तान पृथु बास्कोटाले अर्धशतकीय इनिङ्स खेले । सुमितले ९४ रन बनाए भने पृथुले ५९ रन बनाए । यस्तै प्रदीप सिंह ऐरीले ४० रन जोड्दा अमर सिंह रौटेलाले अविजित २७ रन बनाए । प्रदेश-३ का नन्दनकुमार यादव र जितेन्द्र ठकुरीले ३-३ विकेट लिए ।

वि.सं.२०७६ जेठ १२ आइतवार ०७:५४