YouTube Link

आइसिसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आज हङकङसँग खेल्दै

World Cup 2026
Facebook Link

 

काठमाडौं: आइसिसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आज हङकङसँग खेल्दै छ ।

 

यी दुईबीचको खेल नेपाली समय अनुसार मध्यान्ह ११:१५ मा युएईको आइसिसी एकेडेमी दुबईमा सुरु हुनेछ ।

 

उपाधि दाबेदार नेपाल कमजोर हङकङमाथि सहज जितका साथ विजयी सुरुवात गर्न चाहन्छ । हङकङले भने नेपाललाई हराउँदै अघिल्लो चरणको सम्भावना बलियो बनाउने सोचमा छ ।

 

६ टोली सम्मिलित यस प्रतियोगिताको विजेताले २०२२ मा हुने महिला टि-२० ग्लोबल छनोटमा स्थान बनाउनेछन् ।

 

नेपाली महिला क्रिकेट टोलीले कतारसँग तीन डब्लू टि-२० आई सिरिज खेलेको थियो । उक्त सिरिजमा महिला टोलीले क्लिनस्वीप गरेको थियो ।

 

कतार भ्रमणमा ओपनर सीता राना मगरले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । सीताले कतारसँग पहिलो खेलमा ३९ र तेस्रो खेलमा ८२ रनको अविजित इनिङ खेलेकी थिईन ।

 

अनुभवी तथा प्रमुख खेलाडी सीताको उच्च लय नेपाललाई थप सहज हुनेछ । कतारसँग ईन्दु बर्मा र रुविना क्षेत्री बेलबासेले अर्धशतकीय इनिङ खेलेकी थिइन् ।

 

नेपाली महिला टोलीले २०१९ को टि-२० विश्वकप एसिया क्षेत्र छनोटमा हङकङलाई ४ विकेटले हराएको थियो । त्यसपछि नेपाल र हङकङको भेट भएको छैन ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...