बैंकहरुको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) निरन्तर ९० प्रतिशत नाघ्यो
वि.सं.२०७८ मंसिर ६ सोमवार १४:३७
1.9K
shares
काठमाडौं: बैंकहरुको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) निरन्तर ९० प्रतिशत नाघ्न थालेको छ ।
राष्ट्र बैंकका अनुसार सीडी रेसियो ९०.१५ प्रतिशत पुगेको छ ।
निक्षेपमा सुधार नहुने तर ऋण बिस्तार हुँदा बैंकहरुको सीडी रेसियो ९० प्रतिशत नाघेको हो । बाणिज्य बैंकहरुको निक्षेप ४२ खर्ब २६ अर्ब रुपैयाँ यथावत छ ।
ऋण भने ४० खर्ब ३८ अर्बबाट बढेर ४० खर्ब ४० अर्ब पुगेको छ ।
बैंक तथा वित्तीय संस्थाको कुल ऋण ४५ खर्ब ४८ अर्ब पुगेको छ । कुल ऋण भने ४७ खर्ब ९३ अर्बबाट ४७ खर्ब ९२ अर्बमा झरेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले अनिवार्य तरलता अनुपात (सीआरआर) कायम गर्न आइतबार मात्र ३६ खर्ब ६५ करोड रुपैयाँ स्थायी तरलता सुविधा उठाएका छन् ।
वि.सं.२०७८ मंसिर ६ सोमवार १४:३७




















