YouTube Link

एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्वाङ र मुख्य प्रशिक्षक अलमुताइरीबीचको विवादले लियो नयाँ मोड

वरिष्ठ उपाध्यक्ष र मुख्य प्रशिक्षकबीचको विवाद मन्त्रालयमा पुग्दा यसको प्रभाव खेलाडीहरुलाई पर्ने निश्चित

Facebook Link

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको विवादले नयाँ मोड लिएको छ ।

 

एन्फाले टुंग्याउन नसकेपछि यो विवाद युवा तथा खेलकुद मन्त्रालयतिर सारिदिएको थियो । अर्को सूचना नदिइएसम्म प्रशिक्षणमा सहभागी नहुन प्रशिक्षक अलमुताइरीलाई निर्देशन पनि दिएको थियो ।

 

तर, अलमुताइरी भने प्रशिक्षणमा सहभागी भएका छन् । उनले आफ्ना माग पूरा नगरे नेपाल छाड्ने धम्की पनि दिएका छन् । यसपछि विवाद झनै बढ्ने देखिएको छ ।

 

एन्फा स्रोतका अनुसार गएको शुक्रबारको बैठकमा मुख्य प्रशिक्षक र वरिष्ठ उपाध्यक्षबीचको विवादको छानबिन नसकिएसम्म अलमुताइरीलाई प्रशिक्षणमा सहभागी नगराउने सहमति भएको थियो ।

 

तर, शनिबार नै प्रशिक्षणका क्रममा दुई टीमबीच भएको खेलमा अलमुताइरी सहभागी भएका हुन् ।

 

वरिष्ठ उपाध्यक्ष नेम्वाङका अनुसार प्रशिक्षक अलमुताइरीलाई प्रशिक्षणमा सहभागी नहुन एन्फाले पत्र नै पठाएको छ । ‘विवादित मुद्दा किनारा नलगाउँदासम्म उहाँलाई प्रशिक्षणमा सहभागी नहुन एन्फाले पत्र पठाएको छ । यसरी विवाद सतहमा रहँदै गर्दा उहाँ मैदान उत्रिन पाउनु हुन्न,’ उनले भने ।

 

एन्फा प्रवक्ता किरण राईले पनि आफूले प्रशिक्षक अलमुताइरीलाई पत्र पठाएको बताए । ‘प्रशिक्षक मैदान उत्रिएको देखेपछि राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायलाई पत्र काटेका छौं । अर्को सूचना जारी नभएसम्म प्रशिक्षण नगराउनु भनेर पत्र पठाएका हौं,’ उनले भने । सहमति विपरीत अलमुताइरी प्रशिक्षणमा सहभागी भएकोमा एन्फा प्रवक्ता राई पनि असन्तुष्ट छन् । उपाध्यायले भने आफूले पत्र पाइनसकेको बताए ।

 

यसैबीच, एन्फाले राष्ट्रिय टोलीका खेलाडीलाई १० दिन विश्राम दिएको छ । पूर्वनिर्धारित तालिका अनुसार नै खेलाडीलाई विश्राम दिएको एन्फाले जनाएको छ ।

 

साफ च्याम्पियनसिप सरेकाले अघिल्लो साता नै एन्फाले लामो समयदेखि घरबाहिर रहेका कारण खेलाडीलाई विश्राम दिने योजना बनाएको थियो ।

 

प्रशिक्षक अलमुताइरीले एन्फामा निवेदनसँगै घटनासँग सम्बन्धित प्रमाणहरु बुझाएको बताएका छन् । एन्फाकै आग्रह अनुसार आफूले राजीनामा पनि स्थगित गरेको उनले बताएका छन् ।

 

तर, १० अगस्ट २०२१ सम्म आफ्नो माग पूरा नभए राजीनामाको प्रक्रिया पूरा गरेर नेपाल छाड्ने उनले बताएका छन् । फिफा र एएफसीको छानबिन समितिमा आफूले दर्ता गराएको निवेदन र उपलब्ध गराएको सबुत प्रस्तुत गर्नुपर्ने उनको माग छ । यस्तै, उक्त घटनाबारे सरकारी निकायबाट छानबिन हुनुपर्ने र उक्त रिपोर्ट सार्वजनिक गरिनुपर्ने उनको भनाइ छ ।

 

वरिष्ठ उपाध्यक्ष र मुख्य प्रशिक्षकबीचको विवाद मन्त्रालयमा पुग्दा यसको प्रभाव खेलाडीहरुलाई पर्ने निश्चित छ । मन्त्रालय स्रोतका अनुसार एन्फाबाट पठाएको पत्र शनिबार मात्र पुगेको छ । एन्फाका प्रवक्ता राईले पनि छानबिन समिति बनाउन पत्र पठाएको पुष्टि गरे ।

 

उनले भने, ‘हामीले शुक्रबार छानबिन गर्न पत्र पठाउने निर्णय गरेका हौं । आजको आजै त मन्त्रालय पनि छानबिन गर्न समिति बनाउन सक्ने स्थितिमा छैन र हुँदा पनि हुँदैन केही दिन समय लाग्ला ।’

 

साफ च्याम्पियनसिप अक्टोबरको पहिलो साता आयोजना हुने तय छ । एन्फा कार्यसमितिको शुक्रबार बसेको आकस्मिक बैठकले प्रतियोगिता नेपालमा गर्ने निर्णय गरेको छ ।

 

बंगलादेशले कोरोना माहामारीका कारण प्रतियोगिता आयोजना नगर्ने भएपछि नेपालसहित श्रीलंका, माल्दिभ्स र भारतले दाबेदारी प्रस्तुत गरेका छन् ।

 

माल्दिभ्सले श्रीलंकासँग मिलेर संयुक्त रुपमा आयोजनाको दाबी प्रस्तुत गरेको छ । भारत र नेपालले एकल रुपमा प्रतियोगिता आयोजना गर्न चाहेका छन् ।

 

एन्फा बैठकले अक्टोबर पहिलो साता हुने प्रतियोगिता नेपालमा आयोजना गर्न आवश्यक पर्ने १० करोड रुपैयाँ बराबरको विस्तृत प्रस्तावसहित साफमा अनुरोध गर्ने निर्णय गरेको छ ।

 

यस्तै, साफ च्याम्पियनसिप नेपालमा आयोजना गर्न सरकारले पनि ५ करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।

 

साफको तयारीका लागि नेपालले बंगलादेश, भारत र सिंगापुरको राष्ट्रिय टिमसँग मैत्रीपूर्ण खेल खेल्न एन्फाले पत्राचार गर्ने निर्णय पनि गरेको छ । राष्ट्रिय टिमलाई आवश्यकता अनुसार मैत्रीपूर्ण खेल खेलाउने एन्फाको निर्णय छ ।

 

तर, प्रशिक्षक नै विवादमा फसेपछि अब नेपालको तयारी कमजोर हुने चिन्ता गर्न थालिएको छ ।

 

केन्द्रीय विभागलाई पूर्णता दिन एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, मन्त्रीमा जानेको नाम टुंगो लगाउने

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...