माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, मन्त्रीमा जानेको नाम टुंगो लगाउने
वि.सं.२०७८ साउन १८ सोमवार ०९:२८
2.6K
shares
काठमाडौं: मन्त्रीमा जानेको नाम टुंगो लगाउने नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ ।
बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ ।
बैठक सरकारमा पठाउने मन्त्रीहरुको नाम टुंगो लगाउने विषयमा केन्द्रित हुने बताइएको छ ।
आइतबारको स्थायी कमिटी बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले सोमबारको बैठकले मन्त्रीको नाम टुंगो लगाउने र एक दुई दिनमै सरकारले पूर्णता पाउने बताएका थिए ।
आइतबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधवकुमार नेपाल समूह तत्काल सरकारमा सहभागी नहुने र एमालेमै फर्किने सम्भावना देखिएको बैठकलाई ब्रिफिङ गरेका थिए ।
नेपाल समूह सरकारमा सहभागी नहुने भएपछि मन्त्रीको नाम टुंगो लगाएर मन्त्रिमण्डललाई पूर्णता दिन तयारीमा माओवादी लागेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीबाट जनार्दन शर्मा र पम्फा भुसाल सहभागी छन् । माओवादीको भागमा ७ वटा मन्त्रालय परेको बताइएको छ ।
वि.सं.२०७८ साउन १८ सोमवार ०९:२८




















