YouTube Link

बंगलादेशद्वारा वेष्ट इन्डिज पाँच विकेटले पराजित, उपाधिका लागि शुक्रबार प्रतिष्पर्धा

Facebook Link

एजेन्सी: त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा वेष्ट इन्डिज बंगलादेशसँग पराजित भएको छ ।सोमबार रातीभएको खेलमा वेस्ट इन्डिजलाई पाँच विकेटले हराउँदै बंगलादेश फाईनलमा पुगेको हो ।

अब उपाधिको लागि बंगलादेशले शुक्रबार वेस्ट इन्डिजसँग नै खेल्नेछ । घरेलु टोली आयारल्यान्ड भने एक खेल अघिनै बाहिरिसकेको छ ।२ सय ४८ रनको लक्ष्य पछ्याएको वंगलादेशले ४७ दशमलव २ ओभरमा पाँच विकेट गुमाउँदै पुरा गर्यो । उसका लागि विकेटकीपर मुश्फिकुर रहिमले ७३ बलमा ५ चौका र १ छक्का सहित सर्वाधिक ६३ रनको योगदान दिए । वेस्ट इन्डिजका लागि एलशे नर्शले ३,केमर चेस र जोसन होल्डरले समान १ विकेट हात पारे ।

टस जितेर पहिला ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४७ रन जोडेको थियो । उसका लागि ओपनर साई होपले १ सय ८ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ८७ रनको योगदान दिएका थिए । कप्तान जोसन होल्डरले ७६ बलमा ३ चौका र १ छक्का सहित ६२, सुनिल एम्ब्रिसले २३, रोस्टन चेजले १९, एस्ली नर्शले १४ रन जोडे । अन्यले भने दोहोरो अंकमा रन छुन सकेनन् ।बंगलादेशका मुस्ताफिजुर रहमानले ९ ओभरमा १ मेडन सहित ४३ रन खर्चेर ४ विकेट लिए । त्यस्तै कप्तान मोशर्फे मोतर्जाले ३,मेहदी हसन र सकिब अल हसनको नाममा समान १ विकेट रह्यो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...