YouTube Link

च्याम्पियन्स लिग फाइनल आज दुई इंग्लिस क्लबबीच उपाधिको लागि भिडन्त हुने

Facebook Link

एजेन्सीः युरोपेली च्याम्पियन्स लिग फुटबलको फाइनलमा आज दुई इंग्लिस प्रिमियर लिग क्लबबीचको भिडन्त हुनेछ ।

च्याम्पियन्स लिगमा प्रिमियर लिगको वर्चस्वको रूपमा लिन सकिन्छ ।

तर यो दुई इंग्लिस क्लबको भिडन्तमात्र रहेको छैन ।

यी क्लबसँग आबद्ध विश्वका चारै कुनाका खेलाडीबीचको प्रतिस्पर्धा हुनेछ ।

यी दुवै क्लबको च्याम्पियन्स लिगमा बलियो इतिहास छैन ।

जस्तो सिटीले पहिलोपल्ट फाइनल खेल्दै छ ।

चेल्सीले भने तेस्रोपल्ट फाइनल खेल्दै छ ।

सन् २०१२ मा टिम च्याम्पियन रहेको थियो ।

यी दुई इंग्लिस क्लबले बोकेका समान विषेशता हो ।

दुवै धनी क्लब भएको हैसियतले विश्व फुटबलकै सबै भन्दा राम्रा प्रशिक्षक नियुक्त गर्न सक्छ ।

सबै महादेशबाट सबैभन्दा राम्रा राम्रा प्रतिभाशाली खेलाडी छानी छानी अनुबन्ध गर्न सक्छ ।

सिटीका प्रशिक्षक हुन् स्पेनी पेप ग्वार्डिओला ।

उनले बार्सिलोनाका लागि दुई अवसरमा च्याम्पियन्स लिग जितिसकेका छन् ।

चेल्सीका जर्मन प्रशिक्षक थोमस टचेल पोहोर पेरिस सेन्ट जर्मेन (पीएसजी) मा थिए ।

पेरिस सेन्ट जर्मेनले च्याम्पियन्स लिग फाइनल खेलेको थियो ।

पीएसजी बायर्न म्युनिकसँग पराजित रह्यो ।

शेख मन्सुर बिन जायेद उल नहायान हुन् सिटीमा मालिक ।

चेल्सीका मालिक भने रुसी हुन धनाढ्य रोमन एब्राहिमोभिच ।

पछिल्ला तीन वर्षमा फाइनल दुई इंग्लिस क्लबबीच हुन लागेको यो दोस्रोपल्ट हो ।

दुई वर्षअगाडि लिभरपुल र टोटेनहमले फाइनल खेलेका थिए ।

यो प्रवृत्तिले ऋणमा डुबेका दुई स्पेनी महारथी रियल म्याड्रिड र बार्सिलोना पनि पछाडि परेको भान पर्न थालेको छ ।

यो इंग्लिस प्रिमियर लिगको सफलता पनि हो ।

यसका लागि केही तथ्यांक नै पर्याप्त छ ।

यूईएफएले केही समयअगाडि जारी गरेको प्रतिवदेनमा विश्व फुटबल बजारमा भएका ४३ प्रतिशत सरुवाको व्यापार इंग्लिस क्लबले नै धानेका थिए ।

म्यानचेस्टर युनाइटेड अपवाद नरहेको होइन ।

सिटीले पछिल्ला चार सिजनमध्ये तीनमा इंग्लिस प्रिमियर लिग जितेको छ ।

यसको सबैभन्दा ठूलो श्रेय प्रशिक्षक ग्वार्डिओलाको श्रेष्ठता र अचुक रणनीतिलाई जान्छ ।

उनको नेतृत्वमा क्लबले नयाँ खेलाडीमा सटिक लगानी गरेको छ ।

ग्वार्डिओला आएयता सिटीले उत्कृष्ट पास शृंखलाको फुटबल खेलेको छ ।

यसअघिका च्याम्पियन्स लिगमा सिटीले धोका खाएको भनेकै डिफेन्समा हो ।

निर्णायक मोडमा उसको रक्षापंक्तिले काम गर्न सकेको थिएन ।

यस सिजनको कथा बेग्लै छ ।

चेल्सीको रक्षापंक्ति भने ब्राजिली भेट्रान थिएगो सिल्भामा टिकेको छ ।

सिल्भा आएपछि चेल्सीको डिफेन्स वास्तवमै बलियो भएको छ ।

यी दुवै टिम गोल गर्न र अवसर सिर्जना गर्नमा माहिर छन् ।

अझ ग्वार्डिओलासँग त यति धेरै अवसर र उपाय छ ।

उनले आफ्ना प्रमुख खेलाडी अर्जेन्टिनी सर्जियो अगुइरो र ब्राजिली ग्याब्रियल जेससलाई समेत नियमित खेलाउन आवश्यक परेको छैन ।

विंगर अल्जेरियाली रियाद महारेजले १४ गोल गरेका छन् ।

उनको नाममा सबैखाले प्रतियोगितामा नौपल्ट गोलमा सहयोगी भूमिका खेलेको तथ्यांक पनि छ ।

फिल फोडेनले १६ गोल गरेका छन् अनि १० गोलमा अवसर सिर्जना ।

मध्यपंक्तिमा जर्मन खेलाडी इल्काये गुन्डोगनको प्रभाव पनि कम्ती छैन ।

उनले १७ गोल गरेका छन् ।

यस्तै मिडफिल्डमै बेल्जियमका केभिन डी ब्रुयनले १८ गोलमा सहयोगी भूमिका खेलेका छन् ।

सिटीका यी सबै तथ्यांकबीच चेल्सी पनि कम्तीको छैन ।

टोलीले पछिल्ला दुई खेलमा सिटीलाई हराएको छ ।

एफए कप सेमिफाइनल र इतिहादमा भएको एक महिना अघिको लिग खेल ।

चेल्सीका इंग्लिस खेलाडी मेसन माउन्ट र उनका अमेरिकी साथी क्रिस्टियन पुलिसिच तीव्र गतिमा खेल्न माहिर छन् ।

जर्मन टिमो वार्नर, केइ हाभर्टेज पनि चुनौती हुन सक्छन् ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...