YouTube Link

च्याम्पियन्स लिग फाइनल आज दुई इंग्लिस क्लबबीच उपाधिको लागि भिडन्त हुने

Facebook Link

एजेन्सीः युरोपेली च्याम्पियन्स लिग फुटबलको फाइनलमा आज दुई इंग्लिस प्रिमियर लिग क्लबबीचको भिडन्त हुनेछ ।

च्याम्पियन्स लिगमा प्रिमियर लिगको वर्चस्वको रूपमा लिन सकिन्छ ।

तर यो दुई इंग्लिस क्लबको भिडन्तमात्र रहेको छैन ।

यी क्लबसँग आबद्ध विश्वका चारै कुनाका खेलाडीबीचको प्रतिस्पर्धा हुनेछ ।

यी दुवै क्लबको च्याम्पियन्स लिगमा बलियो इतिहास छैन ।

जस्तो सिटीले पहिलोपल्ट फाइनल खेल्दै छ ।

चेल्सीले भने तेस्रोपल्ट फाइनल खेल्दै छ ।

सन् २०१२ मा टिम च्याम्पियन रहेको थियो ।

यी दुई इंग्लिस क्लबले बोकेका समान विषेशता हो ।

दुवै धनी क्लब भएको हैसियतले विश्व फुटबलकै सबै भन्दा राम्रा प्रशिक्षक नियुक्त गर्न सक्छ ।

सबै महादेशबाट सबैभन्दा राम्रा राम्रा प्रतिभाशाली खेलाडी छानी छानी अनुबन्ध गर्न सक्छ ।

सिटीका प्रशिक्षक हुन् स्पेनी पेप ग्वार्डिओला ।

उनले बार्सिलोनाका लागि दुई अवसरमा च्याम्पियन्स लिग जितिसकेका छन् ।

चेल्सीका जर्मन प्रशिक्षक थोमस टचेल पोहोर पेरिस सेन्ट जर्मेन (पीएसजी) मा थिए ।

पेरिस सेन्ट जर्मेनले च्याम्पियन्स लिग फाइनल खेलेको थियो ।

पीएसजी बायर्न म्युनिकसँग पराजित रह्यो ।

शेख मन्सुर बिन जायेद उल नहायान हुन् सिटीमा मालिक ।

चेल्सीका मालिक भने रुसी हुन धनाढ्य रोमन एब्राहिमोभिच ।

पछिल्ला तीन वर्षमा फाइनल दुई इंग्लिस क्लबबीच हुन लागेको यो दोस्रोपल्ट हो ।

दुई वर्षअगाडि लिभरपुल र टोटेनहमले फाइनल खेलेका थिए ।

यो प्रवृत्तिले ऋणमा डुबेका दुई स्पेनी महारथी रियल म्याड्रिड र बार्सिलोना पनि पछाडि परेको भान पर्न थालेको छ ।

यो इंग्लिस प्रिमियर लिगको सफलता पनि हो ।

यसका लागि केही तथ्यांक नै पर्याप्त छ ।

यूईएफएले केही समयअगाडि जारी गरेको प्रतिवदेनमा विश्व फुटबल बजारमा भएका ४३ प्रतिशत सरुवाको व्यापार इंग्लिस क्लबले नै धानेका थिए ।

म्यानचेस्टर युनाइटेड अपवाद नरहेको होइन ।

सिटीले पछिल्ला चार सिजनमध्ये तीनमा इंग्लिस प्रिमियर लिग जितेको छ ।

यसको सबैभन्दा ठूलो श्रेय प्रशिक्षक ग्वार्डिओलाको श्रेष्ठता र अचुक रणनीतिलाई जान्छ ।

उनको नेतृत्वमा क्लबले नयाँ खेलाडीमा सटिक लगानी गरेको छ ।

ग्वार्डिओला आएयता सिटीले उत्कृष्ट पास शृंखलाको फुटबल खेलेको छ ।

यसअघिका च्याम्पियन्स लिगमा सिटीले धोका खाएको भनेकै डिफेन्समा हो ।

निर्णायक मोडमा उसको रक्षापंक्तिले काम गर्न सकेको थिएन ।

यस सिजनको कथा बेग्लै छ ।

चेल्सीको रक्षापंक्ति भने ब्राजिली भेट्रान थिएगो सिल्भामा टिकेको छ ।

सिल्भा आएपछि चेल्सीको डिफेन्स वास्तवमै बलियो भएको छ ।

यी दुवै टिम गोल गर्न र अवसर सिर्जना गर्नमा माहिर छन् ।

अझ ग्वार्डिओलासँग त यति धेरै अवसर र उपाय छ ।

उनले आफ्ना प्रमुख खेलाडी अर्जेन्टिनी सर्जियो अगुइरो र ब्राजिली ग्याब्रियल जेससलाई समेत नियमित खेलाउन आवश्यक परेको छैन ।

विंगर अल्जेरियाली रियाद महारेजले १४ गोल गरेका छन् ।

उनको नाममा सबैखाले प्रतियोगितामा नौपल्ट गोलमा सहयोगी भूमिका खेलेको तथ्यांक पनि छ ।

फिल फोडेनले १६ गोल गरेका छन् अनि १० गोलमा अवसर सिर्जना ।

मध्यपंक्तिमा जर्मन खेलाडी इल्काये गुन्डोगनको प्रभाव पनि कम्ती छैन ।

उनले १७ गोल गरेका छन् ।

यस्तै मिडफिल्डमै बेल्जियमका केभिन डी ब्रुयनले १८ गोलमा सहयोगी भूमिका खेलेका छन् ।

सिटीका यी सबै तथ्यांकबीच चेल्सी पनि कम्तीको छैन ।

टोलीले पछिल्ला दुई खेलमा सिटीलाई हराएको छ ।

एफए कप सेमिफाइनल र इतिहादमा भएको एक महिना अघिको लिग खेल ।

चेल्सीका इंग्लिस खेलाडी मेसन माउन्ट र उनका अमेरिकी साथी क्रिस्टियन पुलिसिच तीव्र गतिमा खेल्न माहिर छन् ।

जर्मन टिमो वार्नर, केइ हाभर्टेज पनि चुनौती हुन सक्छन् ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...