Rajshow Bivag

लिभरपुल सेमिफाईनलमा प्रवेश शीर्ष चारभित्र पर्न लिगको अन्तिम खेल फाईनल हुनेछ

Departmant of helth services

एजेन्सीः प्रिमियर लिगमा लिभरपुल शिर्ष चारमा रहेर च्याम्पियन्ससिप खेल्ने आशा जीवितै राखेको छ ।

गएराति भएको खेलमा घरेलु मेदानमा बर्नलीलाई ३-० गोलले हराएको लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले शीर्ष चारभित्र पर्न ‘सेमिफाइनल’को संज्ञा दिएका छन् ।

लिगको अन्तिम चरणको क्रिष्टल प्यालेसविरुद्ध हुने खेल शीष चारको यात्रामा ‘फाइनल’ हुनेछ ।

अघिल्लो खेलमा वेष्टब्रुममाथिको शानदार जितले लिभरपुललाई च्याम्पियन्स लिगको आशा जगाइदिएको हो ।

खेलको अन्तिम सेकेण्डमा गोलरक्षक एलिसन बेकरले गोल गरेपछि लिभरपुलले तीन अंक हासिल गरेको थियो ।

बर्नलीविरुद्ध भने लिभरपुललाई कठिन भएन ।

रोवर्टो फिर्मिनोले शानदार गोलमार्फत पहिलो हाफमा पाहुना टोलीलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा नाथानियल फिलिम्स र एलेक्स अक्सलेड च्याम्बरलिनले १–१ गोल थपे ।

दुवैले क्लबका लागि पहिलो गोल गरेका हुन् ।

अघिल्लो खेलको तुलनामा लिभरपुलको रक्षापंक्ति पनि सुधारिएको थियो ।

लेस्टर सिटीसँग समान ३७ खेलबाट ६६ अंक रहे पनि गोलअन्तरका आधारमा लिभरपुल अगाडि रहँदै चौथो स्थानमा उक्लिएको छ ।

उसले तीन दिनपछि एनफिल्डमा रोय हट्सन प्रशिक्षित क्रिष्टल प्यालेसको आतिथ्य गर्दैछ । यस खेलमा १० हजार दर्शक उपस्थित हुनेछन् ।

अर्कोतर्फ लेस्टरले आफ्नै मैदानमा टोटनह्यामसँग खेल्नेछ भने दुई अंकले अगाडि रहेको तेस्रो स्थानको चेल्सीले एष्टोन भिल्लासँग खेल्नेछ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%ab%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%95%e0%a5%8b-%e0%a4%af%e0%a5%81%e0%a4%b0%e0%a5%8b%e0%a4%95%e0%a4%aa-%e0%a4%96%e0%a5%87%e0%a4%b2%e0%a5%8d%e0%a4%a8%e0%a5%87/

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

भिषा नआएपछि बेलायत उड्न पाएनन् नेपाली राष्ट्रिय फुटबल टोली

भिषा नआएपछि बेलायत उड्न पाएनन् नेपाली राष्ट्रिय फुटबल टोली

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०९:४६

  काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीले भिसा नभएका कारण बेलायत...

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

वि.सं.२०८१ वैशाख १५ शनिवार १२:०५

  काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पोखराका फोटपत्रकार टोली बंगलादेशको पाहुना...

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२३

  राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको...

मैत्रीपूर्ण फुटबलमा नेपाल पाहुना टोली बंगलादेशसँग पराजित

मैत्रीपूर्ण फुटबलमा नेपाल पाहुना टोली बंगलादेशसँग पराजित

वि.सं.२०८१ वैशाख १३ बिहीवार १२:१७

  काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको राष्ट्रिय फोटो पत्रकार समूह...