YouTube Link

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकमा अब्दुल्लाह अलमुताइरी

Facebook Link

काठमाण्डौ: अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कुवेतका अब्दुल्लाह अलमुताइरीलाई नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

एन्फाले आइतबार एक कार्यक्रमको आयोजना गरेर अलमुताइरीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको घोषणा गरेको हो ।

काठमाण्डौमा सम्पन्न त्रिदेशीय फुटबल कपमा नेपाललाई उपाधि दिलाएका प्रशिक्षक बालगोपाल महर्जनलाई प्रतिस्थापन गर्दै एन्फाले अलमुताइरीलाई नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरेको हो ।

नेपालले त्रिदेशीय कपमा उचालेको उपाधिले नेपाली समर्थकलाई धेरै खुसी दिए जस्तै आउँदा दिनमा नेपाली समर्थकलाई खुसी दिलाउन मेहनत गर्ने नवनियुक्त प्रशिक्षक अलमुताइरीले बताए ।

आइतबार नियुक्ति पाएका ४० वर्षीय अलमुताइरीले कम्तीमा एक वर्षका लागि नेपाली टोलीलाई हेर्नेछन् ।

यस अवधिमा उनले कम्तीमा विश्वकप छनोट र साफ च्याम्पियनशिपमा नेपाली टोलीको नेतृत्व लिनेछन् ।

अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) र एसियाली फुटबल महासङ्घ ९एएफसी० ले राष्ट्रिय टोलीका प्रशिक्षक हुन प्रो–लाइसेन्स अनिवार्य गरेपछि अलमुताइरीको नेपाली फुटबलमा प्रवेश भएको हो ।

नेपाल आएका अलमुताइरीले नेपाली फुटबललाई दक्षिण एसियामा बलियो बनाउन आफूले सक्दो मेहनत गर्ने बताए ।

कतार फुटबल सङ्घसँगको सहकार्यमा अलमुताइरी नेपाल आएका हुन् ।

उनको पारिश्रमिक कतारी फुटबल सङ्घले बेहोर्नेछ भने नेपाल बसाइको खर्च एन्फाले बेहोर्नेछ ।

त्रिदेशीय कपको उपाधि जिताएका प्रशिक्षक बालगोपाल महर्जनलाई एन्फाले प्रो–लाइसेन्सका लागि कतार पठाउने निर्णय गरेको प्रवक्ता किरण राईले जानकारी दिए ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%ae%e0%a5%8b%e0%a4%ab%e0%a4%b8%e0%a4%b2%e0%a4%95%e0%a5%88-%e0%a4%9a%e0%a4%b0%e0%a5%8d%e0%a4%9a%e0%a4%bf%e0%a4%a4-%e0%a4%86%e0%a4%b9%e0%a4%be-%e0%a4%b0%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%97/

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...