YouTube Link

जितविहीन रहँदै नेपाल थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश

Facebook Link

काठमाडौं: पहिलो चरणका दुई खेलमा गोलविहीन रहँदै नेपाल थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

 

पहिलो खेलमा किर्गिस्तान यु-२३ सँग गोलरहितमा रोकिएको नेपाल आज बंगलादेशविरुद्ध पनि बराबरी खेल्दै फाईनलमा प्रवेश गरेको हो ।

 

दशरथ रंगशालामा भएको आजको खेलमा दुवैतर्फबाट गोलका लागि केही अवसर सिर्जना भएपनि फिनिसिङमा चुक्दा गोल हुन सकेन ।

 

आक्रामक शैलीमा प्रस्तुत भएको नेपालका लागि २१औं मिनेटमा त्रिदेव गुरुङको क्रसमा अञ्जन विष्टले १८ यार्ड बक्स भित्रबाट प्रहार गरेको हेडर क्रसबारमाथिबाट बाहिरिएको थियो ।

 

नेपाली रक्षापंक्तिलाई व्यस्त राखेको बंगलादेशका फरवार्ड राकिब होसेनमाथि ३९औं मिनेटमा खराब फाउल गरेका संजोग राईले पहेँलो कार्ड पाएका थिए ।

 

सोही फाउलमा पाएको फ्रि किकमार्फत बंगलादेशका कप्तान जमल भुयाको प्रहार पोस्टको नजिकबाट बाहिर गएको थियो ।

 

विपक्षी खेलाडीमाथि फाउल गरेका नेपाली डिफेन्डर रन्जित धिमालले पनि ४४औं मिनेटमा पहेँलो कार्ड पाएका थिए ।

 

निकै नै प्रतिस्पर्धात्मक खेलमा दोस्रो हाफको ५४औं मिनेटमा बंगलादेशी कप्तानले ४० यार्ड टाडाबाट प्रहार गरेको फ्रि-किक नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङले सहजै बचाउ गरेका थिए ।

 

त्यसको पाँच मिनेट नबित्दै नेपालका लागि सब्टिच्युट खेलाडी सुनिल बलले पेनाल्टी एरियाभित्र दिएको पासलाई अञ्जनले सदुपयोग गर्न नसक्दा नेपालले अग्रता लिने सुन्दर मौका गुमाएको थियो ।

 

अञ्जनले गरेको फितलो प्रहार बंगलादेशका गोलकिपर मोहम्मद सहिदुल आलमले सहजै रोकेका थिए ।

 

पहिलो खेलमा किर्गिस्तान यु २३ लाई १-० ले पराजित गरेको बंगलादेश एक खेल अगावै फाइनलमा पुगिसकेको छ ।

 

दुई खेलमा दुई अंक जोडेको नेपाल पहिलो चरणबाट दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो ।

 

राउन्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताको सोमबार हुने फाइनलमा नेपाल र बंगलादेश नै आमनेसामने हुनेछन् ।

 

नेपाल, बंगलादेश र किर्गिस्तान यु-२३ सहभागी प्रतियोगिता राउन्ड रोबिन पद्धतिको हो ।

 

प्रतियोगिताको विजेताले ५ हजार तथा उपविजेताले ३ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् ।

 

त्यस्तै, मोस्ट भ्यालुएबल प्लेयरले ५ सय तथा प्लेयर अफ दी म्याचले २ सय ५० डलर प्राप्त गर्नेछन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...