आठ लाख डोज खोप लिन नेपाल वायुसेवा निगमको चार्टर विमान आइतबार बेइजिङ जाँदै
वि.सं.२०७७ चैत १४ शनिवार १८:५७
1.8K
shares
काठमाडौं: चीनले नेपाललाई दिने भनेको कोरोना भाइरसविरुद्धको ८ लाख डोज सिनोफार्म खोप आज बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको छ ।
चिनियाँ दूतावासका अनुसार यो खोप सोमबार काठमाडौं आइपुग्ने जनाइएको छ ।
खोप लिन नेपाल वायुसेवा निगमको चार्टर विमान आइतबार बेइजिङ प्रस्थान गर्ने कार्यक्रम छ ।
नेपालले आपत्कालिन प्रयोगका लागि अनुमति दिएको उक्त खोप लामो समयदेखि बेइजिङमा अलपत्र थियो ।
वि.सं.२०७७ चैत १४ शनिवार १८:५७


















