आर्सनल युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश
वि.सं.२०७७ चैत ६ शुक्रवार ०८:४४
1.6K
shares
एजेन्सी: आर्सनललाई ओलम्पियाकोसले पराजित गरेपनि युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको अन्तिम १६ को दोस्रो लेगमा ग्रीसको ओलम्पियाकोससँग १-० ले पराजित भएपनि आर्सनलले अन्तिम आठको यात्रा तय गरेको हो ।
आर्सनल समग्रमा ३-२ को जित सहित अन्तिम आठमा पुगेको हो ।
पहिलो लेगमा आर्सनलले ३-१ गोलको फराकिलो जित निकालेको थियो ।
इमिरेट्स स्टेडियममा १० खेलाडीमा सिमित ओलम्पियाकोसलाई जित दिलाउन युसुफ एल अरबीले निर्णायक गोल गरे ।
अरबीले ५१औं मिनेटमा गोल गरेका थिए ।
खेलको ८२औं मिनेटमा ओउसेनु बाले दोहोरो पहेलो कार्डसहित रातो कार्ड प्राप्त गर्दा ओलम्पियाकोस १० खेलाडीमा समेटिएको थियो ।
आज प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री ओलीले दुई वटा आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची
फ्रान्समा कोरोनाको तेस्रो लहसँगै एक महिना लकडाउन गरिने
वि.सं.२०७७ चैत ६ शुक्रवार ०८:४४




















