पीएसजी घरेलु मैदानमा नान्टेससँग पराजित
वि.सं.२०७७ चैत २ सोमवार ०७:४७
1.6K
shares
एजेन्सी: फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) घरेलु मैदानमा नान्टेससँग पराजित भएको छ ।
गएराति भएको खेलमा पीएसजी नान्टेससँग २-१ ले पराजित भएको हो ।
खेलको ४२औं मिनेटमा जुलियन ड्राक्सलरले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ५९औं मिनेटमा रान्डल कोलो मुआनीले गोल गर्दै नान्टेसलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ७१औं मिनेटमा मोसेस सिमोनले गोल गर्दै नान्टेसलाई २-१ गोलको जित दिलाए ।
हारसँगै पीएसजीले लिगको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।
पीएसजी २९ खेलमा ६० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
नान्टेस २७ अंक जोडेर रेलिगेसन क्षेत्रमा छ ।
वि.सं.२०७७ चैत २ सोमवार ०७:४७



















