एसी मिलान शीर्ष स्थानमा उक्लियो
वि.सं.२०७७ माघ २६ सोमवार ०८:४६
2.1K
shares
एजेन्सीः क्रोटोनलाई ४-० गोल अन्तरले पराजित गर्दै एसी मिलान इटालियन सिरी ‘ए’ फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
गएराति घरेलु मैदानमा मिलानलाई जित दिलाउन ज्लाटन इब्राहिमोभिच र एन्टी रेबिकले २/२ गोल गरे ।
खेलको ३० औं मिनेटमा इब्राहिमोभिचले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
इब्राहिमोभिचले खेलको ६४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए ।
खेलको ६९ औं मिनेटमा रेबिकले गोल गर्दा मिलानको अग्रता ३-० को बन्यो ।
त्यसपछि खेलको ७० औं मिनेटमा रेबिकले व्यक्तिगत दोस्रो गोल गर्दै मिलानलाई ४-० को जित दिलाए ।
जितसंगै मिलानले २१ खेलमा ४९ अंक जोडेको छ ।
वि.सं.२०७७ माघ २६ सोमवार ०८:४६


















