Texas College
YouTube Link

म्यानचेस्टर युनाइटेड प्रिमियर लिगको शीर्ष स्थानमा

Facebook Link

एजेन्सी: पाउल पोग्बाले दोस्रो हाफमा गरेको गोलमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई १-० ले हराउँदै इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ।

प्रिमियर लिगमा युनाइटेडले शीर्ष स्थानमा तीन अंकको स्पष्ट अग्रता लिन सफल भएको छ।

बर्नलीको घरेलु मैदानमा युनाइटेडले खेल नियन्त्रणमा राखेको थियो।

जसका कारण घरेलु टिम बर्नलीले युनाइटेडको पोस्टमा एउटा पनि आक्रमण गर्न सकेन। तर युनाइटेडलाई पनि गोलका लागि संघर्ष गर्नुपरेको थियो।

७१औं मिनेटमा मार्कुस राशफोर्डको क्रसमा पोग्बाले गरेको गोल युनाइटेडको जितमा निर्णायक बनेको थियो।

जितसँगै १७ खेलबाट ३६ अंक जोडेको युनाइटेड लिगको शीर्ष स्थानमा उक्लिएको छ।

समान खेलबाट ३३ अंक जोडेको साविक विजेता लिभरपुल दोस्रो स्थानमा छ।

समान ३२ अंकका साथ लेस्टर सिटी र एभर्टन क्रमशः तेस्रो र चौथो स्थानमा छ।

बर्नली भने १६ अंकका साथ १६औं स्थानमा छ।

‘‘म धेरै खुसी छु। तीन अंक जोड्न पाउँदा सधैँ खुसी लाग्छ,’’ युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले भने, ‘‘हामीमा आत्मविश्वास बढेको छ।

अवे र होम दुवै खेलमा हामीले राम्रो गरेका छौं। हामीले आइतबार लिभरपुलसँग खेल्नु छ।

त्यो अर्को रोमाञ्चक खेल हुने छ। हाम्रो लागि ठूलो परीक्षा हुने छ।’’

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%95%e0%a4%b0%e0%a4%be%e0%a4%81%e0%a4%a4%e0%a5%87%e0%a4%95%e0%a4%be-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a1%e0%a5%87%e0%a4%95%e0%a4%be%e0%a4%9c%e0%a5%80-%e0%a4%b6%e0%a5%8d%e0%a4%b0%e0%a5%87-2/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

वि.सं.२०८२ फागुन २० बुधवार १४:३०

काठमाडौं: आईसीसी टी-२० विश्वकप अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा आज दक्षिण...

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

वि.सं.२०८२ फागुन ११ सोमवार १६:१४

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)...

काठमाडौं उपत्यका ट्राफिक प्रहरी : प्रभावकारी काम, सेवाग्राहीको ताली

काठमाडौं उपत्यका ट्राफिक प्रहरी : प्रभावकारी काम, सेवाग्राहीको ताली

वि.सं.२०८२ फागुन ८ शुक्रवार ११:४८

कसैले कल्पनासम्म गरेका थिएनन्, भदौ २३ र २४ गतेको जेन-जी...

अस्ट्रेलिया र जिम्बाबे, क्यानडा र यूएई तथा नेदरल्यान्ड्स र अमेरिकाबीच प्रतिष्पर्धा हुँदै

अस्ट्रेलिया र जिम्बाबे, क्यानडा र यूएई तथा नेदरल्यान्ड्स र अमेरिकाबीच प्रतिष्पर्धा हुँदै

वि.सं.२०८२ फागुन १ शुक्रवार ०८:१९

काठमाडौं: आईसीसी टी-२० विश्वकप अन्तर्गत आज तीन खेलहरु हुँदैछन् ।...

नेपाल र इटाली आमनेसामने हुँदै, यस्तो छ ईतिहास

नेपाल र इटाली आमनेसामने हुँदै, यस्तो छ ईतिहास

वि.सं.२०८२ माघ २९ बिहीवार ११:११

काठमाडौं: भारत र श्रीलंकामा जारी टी-२० विश्वकपमा नेपालले आफ्नो दोस्रो...