YouTube Link

पिएसजीका प्रशिक्षक पोचेटिनो :एम्बाप्पेले सुधार गर्नुपर्छ

Facebook Link

 

एजेन्सी :पेरिस सेन्ट जर्मेन पिएसजीका नवनियुक्त प्रशिक्षक मोउरोसियो पोचेटिनोले आफ्नो पहिलो खेलपछि युवा फरवार्ड केलियन एमबाप्पेको आलोचना गरे ।

पिएसजीका अर्जेन्टिनी प्रशिक्षक ‘डेब्यू’ खेलमा पिएसजीले लिग वान मा सेन्ट एटिएनसँग १–१ को बराबरी खेलेको थियो ।

पोचेटिनोले पहिलो खेलपछि नै टोलीमा परिवर्तन आवश्यक रहेको पनि बताएका छन् ।

‘म उनको प्रदर्शनबाट खुसी छु । तर उनले सुधार गर्न आवश्यक छ ,’ एमबाप्पेका बारेमा सोधिएको प्रश्नमा उनले भने, ‘उनी गोल गर्न, जित्न र अझै राम्रो खेल्न चाहन्छन् भन्नेमा म विश्वस्त छु ।

उनी पनि पक्कै निराश भएका छन् । सबै खेलाडी र टोलीले सुधार गर्नुपर्दछ ।’

पोचेटिनोले यसलाई सुरुवातका रुपमा मात्र लिएका छन् । ‘यो मात्र सुरुवात हो ।

हामी आएको तीन दिन मात्र भयो,’ उनले थपे, ‘दोस्रो हाफमा हामीले गोलका लागि धेरै मौका पाएका थियौं ।

हामी केहि दुर्भाग्यशाली रह्यो । गोल गर्न सकेनौं । तीन अंक लिन सकेनौं ।’

पोचेटिनोले पुनः प्रशिक्षण सम्हाल्न पाएकोमा खुसी व्यक्त गरे । ‘१४ महिनापछि जिम्मेवारीमा फर्कन पाउँदा खुसी छु,’ उनले थपे, ‘तर केहि असहज भयो । पछिल्लो समय ६२ हजार दर्शकका सामू उभिएको थिए ।’
कोरोनाका कारण अहिले युरोपमा विना दर्शक फुटबल खेलाइदै आएको छ ।

पिएसजी १८ खेलबाट ३६ अंक जोडेर दोस्रो स्थानमा उक्लन सफल भएको छ ।

समान ३६ अंक नै रहेपनि लिल गोलअन्तरमा तेस्रोमा छ । शीर्षस्थानको लियोनको ३९ अंक छ ।

यो पनि पढ्नु होस्

१७औँ स्पोर्टस् अवार्डलाई रुस्लानको प्रायोजन

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...