YouTube Link

पिएसजीका प्रशिक्षक पोचेटिनो :एम्बाप्पेले सुधार गर्नुपर्छ

Facebook Link

 

एजेन्सी :पेरिस सेन्ट जर्मेन पिएसजीका नवनियुक्त प्रशिक्षक मोउरोसियो पोचेटिनोले आफ्नो पहिलो खेलपछि युवा फरवार्ड केलियन एमबाप्पेको आलोचना गरे ।

पिएसजीका अर्जेन्टिनी प्रशिक्षक ‘डेब्यू’ खेलमा पिएसजीले लिग वान मा सेन्ट एटिएनसँग १–१ को बराबरी खेलेको थियो ।

पोचेटिनोले पहिलो खेलपछि नै टोलीमा परिवर्तन आवश्यक रहेको पनि बताएका छन् ।

‘म उनको प्रदर्शनबाट खुसी छु । तर उनले सुधार गर्न आवश्यक छ ,’ एमबाप्पेका बारेमा सोधिएको प्रश्नमा उनले भने, ‘उनी गोल गर्न, जित्न र अझै राम्रो खेल्न चाहन्छन् भन्नेमा म विश्वस्त छु ।

उनी पनि पक्कै निराश भएका छन् । सबै खेलाडी र टोलीले सुधार गर्नुपर्दछ ।’

पोचेटिनोले यसलाई सुरुवातका रुपमा मात्र लिएका छन् । ‘यो मात्र सुरुवात हो ।

हामी आएको तीन दिन मात्र भयो,’ उनले थपे, ‘दोस्रो हाफमा हामीले गोलका लागि धेरै मौका पाएका थियौं ।

हामी केहि दुर्भाग्यशाली रह्यो । गोल गर्न सकेनौं । तीन अंक लिन सकेनौं ।’

पोचेटिनोले पुनः प्रशिक्षण सम्हाल्न पाएकोमा खुसी व्यक्त गरे । ‘१४ महिनापछि जिम्मेवारीमा फर्कन पाउँदा खुसी छु,’ उनले थपे, ‘तर केहि असहज भयो । पछिल्लो समय ६२ हजार दर्शकका सामू उभिएको थिए ।’
कोरोनाका कारण अहिले युरोपमा विना दर्शक फुटबल खेलाइदै आएको छ ।

पिएसजी १८ खेलबाट ३६ अंक जोडेर दोस्रो स्थानमा उक्लन सफल भएको छ ।

समान ३६ अंक नै रहेपनि लिल गोलअन्तरमा तेस्रोमा छ । शीर्षस्थानको लियोनको ३९ अंक छ ।

यो पनि पढ्नु होस्

१७औँ स्पोर्टस् अवार्डलाई रुस्लानको प्रायोजन

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...