YouTube Link

रामोसले दुई पेनाल्टी चुकाउँदा स्पेन बराबरीमा रोकियो, जर्मनी शीर्ष स्थानमा

Facebook Link

काठमाडौं: कप्तान सर्जियो रामोसले युरोपमा सर्वाधिक खेल खेल्ने कीर्तिमान राखेको खेलमा दुई पेनाल्टी चुकाउँदा स्पेन नेशन्स लिग अन्तर्ग समूह ए ४ मा स्वीजरल्याण्डसँग बराबरीमा रोकिएको छ ।

गएराति भएको खेलमा जेरार्ड मोरेनोले ८९औ मिनेटमा गोल गरेपछि स्पेनले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको स्वीटेजरल्याण्डसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको हो ।

स्पेनका लागि १७७औं खेल खेल्दै युरोपियन टोलिबाट सर्वाधिक खेल खेल्ने जियानजुली बुफोनको कीर्तिमान तोडेका रामोसले दुई पेनाल्टी मिस गरे ।

५७औं मिनेटमा रामोसको पहिलो प्रहार स्वीस गोलकिपर यन सोमरले बचाएका थिए । तर ८०औं मिनेटको दोस्रो पेनाल्टी प्रहारमा गोलरक्षकलाई चिप गर्न खोज्दा सोमरले बचाउन सफल रहे ।

त्यस अघि रिमो फ्रयूलरले गोल गर्दै घरेलु टोली स्वीट्जरल्याण्डलाई २६औं मिनेटमा अग्रता दिलाएका थिए ।

७९औं मिनेटमा अल्भारो मोराटालाई पेनाल्टी क्षेत्रमाा लडाएपछि स्वीट्जरल्याण्डका निको एलेभेदीले रातो (दोस्रो पहेलो) कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।

८९औं मिनेटमा सर्जियो रेगुईलोनको क्रसमा मोरेनोले गोल गर्दै स्पेनको हार टारे ।

बराबरीपछि पनि ५ खेलबाट ८ अंक जोडेको स्पेनको समूह विजेता बन्दै सेमिफाइनल पुग्ने सम्भावना कायमै छ । स्पेन समूहमा दोस्रो स्थानमा छ ।

युक्रेनलाई ३–१ ले पराजित गर्दै दोस्रो जित हात पारेको जर्मनी शीर्ष स्थानमा उक्लेको छ ।

जर्मनीको लागि वेर्नरले दुई तथा लरे सानेले एक गोल गरे ।

समूहमा अपराजित रहेको जर्मनीले २ जीत ३ बराबरीपछि ९ अंक जोडेको छ ।

अब मंगलबार स्पेन र जर्मनीबीच समूह विजेता बन्ने निर्णयक अन्तिम खेल हुँदैछ ।

बराबरीले पनि जर्मनी समूह विजेता बन्दै सेमिफाईनल पुग्नेछ भने स्पेनलाई जीत अनिवार्य छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...