YouTube Link

रामोसले दुई पेनाल्टी चुकाउँदा स्पेन बराबरीमा रोकियो, जर्मनी शीर्ष स्थानमा

Facebook Link

काठमाडौं: कप्तान सर्जियो रामोसले युरोपमा सर्वाधिक खेल खेल्ने कीर्तिमान राखेको खेलमा दुई पेनाल्टी चुकाउँदा स्पेन नेशन्स लिग अन्तर्ग समूह ए ४ मा स्वीजरल्याण्डसँग बराबरीमा रोकिएको छ ।

गएराति भएको खेलमा जेरार्ड मोरेनोले ८९औ मिनेटमा गोल गरेपछि स्पेनले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको स्वीटेजरल्याण्डसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको हो ।

स्पेनका लागि १७७औं खेल खेल्दै युरोपियन टोलिबाट सर्वाधिक खेल खेल्ने जियानजुली बुफोनको कीर्तिमान तोडेका रामोसले दुई पेनाल्टी मिस गरे ।

५७औं मिनेटमा रामोसको पहिलो प्रहार स्वीस गोलकिपर यन सोमरले बचाएका थिए । तर ८०औं मिनेटको दोस्रो पेनाल्टी प्रहारमा गोलरक्षकलाई चिप गर्न खोज्दा सोमरले बचाउन सफल रहे ।

त्यस अघि रिमो फ्रयूलरले गोल गर्दै घरेलु टोली स्वीट्जरल्याण्डलाई २६औं मिनेटमा अग्रता दिलाएका थिए ।

७९औं मिनेटमा अल्भारो मोराटालाई पेनाल्टी क्षेत्रमाा लडाएपछि स्वीट्जरल्याण्डका निको एलेभेदीले रातो (दोस्रो पहेलो) कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।

८९औं मिनेटमा सर्जियो रेगुईलोनको क्रसमा मोरेनोले गोल गर्दै स्पेनको हार टारे ।

बराबरीपछि पनि ५ खेलबाट ८ अंक जोडेको स्पेनको समूह विजेता बन्दै सेमिफाइनल पुग्ने सम्भावना कायमै छ । स्पेन समूहमा दोस्रो स्थानमा छ ।

युक्रेनलाई ३–१ ले पराजित गर्दै दोस्रो जित हात पारेको जर्मनी शीर्ष स्थानमा उक्लेको छ ।

जर्मनीको लागि वेर्नरले दुई तथा लरे सानेले एक गोल गरे ।

समूहमा अपराजित रहेको जर्मनीले २ जीत ३ बराबरीपछि ९ अंक जोडेको छ ।

अब मंगलबार स्पेन र जर्मनीबीच समूह विजेता बन्ने निर्णयक अन्तिम खेल हुँदैछ ।

बराबरीले पनि जर्मनी समूह विजेता बन्दै सेमिफाईनल पुग्नेछ भने स्पेनलाई जीत अनिवार्य छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...