YouTube Link

मुम्बई इन्डियन्सद्वारा रोयल च्यालेन्जर्स बैंगलोर पाँच विकेटले पराजित

World Cup 2026
Facebook Link

एजेन्सी: घरेलु टोली मुम्बई इन्डियन्सले १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ । सोमबार भएको खेलमा मुम्बईले बैंगलोरलाई ५ विकेटले पराजित गरेको हो ।

वान्खडे क्रिकेट स्टेडियममा बैंगलोरले दिएको एक सय ७२ रनको लक्ष्य घरेलु टोलीले १९ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । मुम्बईको जितमा क्विनटन डी ककले ४० रन जोड्दा हार्दिक पाण्डयाले अविजित ३७ रन जोडे । यस्तै सूर्यकुमार यादवले २९, कप्तान रोहित शर्माले २८ र इशान किसनले २१ रन बनाए । बैंगलोरका युजभेन्द्र चाहल र मोइन अलीले २/२ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर एक सय ७१ रन बनाएको थियो । बैंगलोरका लागि एबी डी भिलियर्स र मोइन अलीले अर्धशतकीय इनिङ्स खेले । डी भिलियर्सले ७५ रन जोड्दा अलीले ५० रन बनाए । पार्थिव पटेलले २८ रन बनाए । योसंगै मुम्बईले बैंगलोरलाई यस सिजन लगातार दोस्रो खेलमा पराजित गरेको छ । जितसंगै मुम्बई ८ खेलबाट १० अंक जोडेर लिगको तेस्रो स्थानमा उक्लिएको छ । पराजित बैंगलोर भने ८ खेलबाट २ अंक जोडेर पुछारमा यथावत रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग खेल्दै

फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग खेल्दै

वि.सं.२०८३ जेठ २० बुधवार ११:०२

काठमाडौं: भारतको गोवामा जारी महिला साफ च्याम्पियनसिपको फाइनल प्रवेशका लागि...

आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:५२

काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल खेल आज...