YouTube Link

इण्डियन प्रिमियर लिग क्रिकेटमा दिल्ली क्यापिटल्सको चौंथो जित, कोलकत्ता नाइट राइडर्सलाई ७ विकेटले पराजित

Facebook Link

काठमाडौं: दिल्ली क्यापिटल्सले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चौंथो जित निकालेको छ । शुक्रबार भएको खेलमा घरेलु टोली कोलकत्ता नाइट राइडर्सलाई ७ विकेटले पराजित गर्दै नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेको टिम दिल्लीले चौंथो जित निकालेको हो ।

इडेन गार्डेनमा कोलकत्ताले दिएको एक सय ७९ रनको लक्ष्य दिल्लीले १८ ओभर ५ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । दिल्लीको जितमा शिखर धवनले अर्धशतकीय इनिङ्स खेल्दै अविजित ९७ रन बनाए । उनले ६३ बलमा ११ चौका र २ छक्का प्रहार गरेका थिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ७ विकेट गुमाएर एक सय ७८ रन बनाएको थियो । कोलकत्ताका लागि सुबमन गिलले अर्धशतकीय इनिङ्स खेले । उनले ३९ बलमा ७ चौका र २ छक्कासहित ६५ रन बनाए । यस्तै आन्द्रे रसेलले ४५ तथा रोविन उथप्पाले २८ रन जोडे । पियुस चावला १४ रनमा अविजित रहे । दिल्लीका क्रिस मोरिस, कागीसो राबडा र पाउल किमोले २/२ विकेट लिए ।

जितसंगै दिल्लीले ७ खेलमा ४ जितसहित ८ अंक जोडेको छ । दिल्ली लिगको चौंथो स्थानमा छ । दोस्रो स्थानको कोलकत्ताको ७ खेलबाट ८ अंक रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...