Health Ad
YouTube Link

किम जोङ उन उत्तर कोरियाको स्टेट अफेयर्स कमिसनको अध्यक्षमा पुन: निर्वाचित

Khanepani Dhal
Facebook Link

किम जोङ उन उत्तर कोरियाको स्टेट अफेयर्स कमिसनको अध्यक्षमा पुन: निर्वाचित भएका छन् । उत्तर कोरियाका सर्वोच्च नेता किम उत्तर कोरियाको १४औँ सर्वोच्च जनकंग्रेसको पहिलो सत्रबाट अध्यक्षमा निर्वाचित भएका हुन् ।

बैठकले चोइ रियोङ हाइलाई प्रथम उपाध्यक्ष तथा जनंग्रेसको अध्यक्षमा निर्वाचित गरिएको छ । उनी राष्ट्र प्रमुखको हैसियतमा रहन्छन् । यसअघि यस पद सन् १९९८ देखि किम योङ नामले समाल्दै आएका थिए । त्यस्तै पार्क पोङ जुको स्थानमा किम जाइ रियोङलाई नयाँ प्रधानमन्त्रीको रुपमा निर्वाचित गरिएको छ ।

मार्च १० मा सर्वोच्च जनकंग्रेसमा निर्वाचित भएका उनलाई एक महिना नबित्दै पहिलो बैठकले प्रधानमन्त्रीको रुपमा निर्वाचित गरेको हो । उनी त्यहाँको वर्कस् पार्टी अफ कोरियाको पोलिटव्यूरो र सेन्ट्रल मिलिटरी कमिसनमा समेत निर्वाचित भएका छन् । जनकंग्रेसले स्टेट अफेयर्स कमिसनमा अमेरिकासँगको वार्तामा भूमिका खेलेका किम योङ चोल, परराष्ट्र मन्त्री रि योङ हो, परराष्ट्र सहायक मन्त्री चोइ सोन हुइलाई चयन गरेको योन्हापले जनाएको छ ।

सहायक मन्त्री हुईलाई प्रथम सहायक मन्त्रीको रुपमा बढुवासमेत गरिएको छ । उत्तर कोरियाको विदेश मन्त्रालयमा एक विदेश मन्त्री एक प्रथम सहायक मन्त्री र एक दर्जन सहायक मन्त्री रहँदै आएका छन् । जनकंग्रेसले उनीसँगै रि मान गोन, चोइ ह्वाइ, पाक थाइ दोक, थाइ होङ चोल र जोङ कियोङ पोलिटव्यूरोमा निर्वाचित भएका छन् ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
इदको अवसरमा १६६ नेपालीलाई यूएई सरकारले दियो आममाफी

इदको अवसरमा १६६ नेपालीलाई यूएई सरकारले दियो आममाफी

वि.सं.२०८१ चैत १९ मंगलवार १५:५६

काठमाडौं: ईद पर्वका अवसरमा १६६ जना नेपाली बन्दीलाई संयुक्त अरब...

म्यानमारका भूकम्प प्रभावितका लागि अत्यावश्यक राहत तथा मेडिकल सामग्री सेनाको जहाजबाट पठाईदै

म्यानमारका भूकम्प प्रभावितका लागि अत्यावश्यक राहत तथा मेडिकल सामग्री सेनाको जहाजबाट पठाईदै

वि.सं.२०८१ चैत १९ मंगलवार ११:०४

काठमाडौं: नेपाल सरकारले म्यानमारका भूकम्प प्रभावितका लागि अत्यावश्यक राहत तथा...

नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणपछि केआईआईटीमा विद्यार्थीहरूको हडताल जारी, कलेज फर्किन ८ बुँदे सर्त

नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणपछि केआईआईटीमा विद्यार्थीहरूको हडताल जारी, कलेज फर्किन ८ बुँदे सर्त

वि.सं.२०८१ फागुन ६ मंगलवार १२:५१

काठमाडौं: भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी...

जापानले अवैधरुपमा बसेका आप्रवासीहरूमाथि कडाइ गर्दै

जापानले अवैधरुपमा बसेका आप्रवासीहरूमाथि कडाइ गर्दै

वि.सं.२०८१ माघ ३० बुधवार १५:०४

काठमाडौं: जापानले अवैधरुपमा बसेका आप्रवासीहरूमाथि कडाइ गर्न थालेको छ ।...

अमेरिका डब्ल्यूएचओ र पेरिस जलवायु सम्झौताबाट बाहिरिएको घोषणा

अमेरिका डब्ल्यूएचओ र पेरिस जलवायु सम्झौताबाट बाहिरिएको घोषणा

वि.सं.२०८१ माघ ८ मंगलवार १०:३३

काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट अलग...

आजबाट नयाँ वर्ष इस्वी संवत् २०२५ प्रारम्भ

आजबाट नयाँ वर्ष इस्वी संवत् २०२५ प्रारम्भ

वि.सं.२०८१ पुस १७ बुधवार ०७:३५

काठमाडौं: ग्रेगोरियन पात्रो अनुसार आजबाट नयाँ वर्ष इस्वी संवत् २०२५...