इन्डियन प्रिमियर लिग क्रिकेटमा दिल्लीमाथि पन्जाबको जित
वि.सं.२०७७ कात्तिक ५ बुधवार ०७:२३
1.7K
shares
एजेन्सीः इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किङ्स इलाभेन पन्जाबले शीर्ष स्थानको दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ ।
पन्जाबले दिल्लीलाई ५ विकेटले पराजित गरेको हो ।
दिल्लीले दिएको १ सय ६५ रनको लक्ष्य पन्जाबले १९ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।
पन्जाबको जितमा निकोलस पुरनले ५३ रनको अर्धशतकीय इनिङ्स खेले ।
ग्लेन म्याक्स्वेल ३२ रनमा आउट हुँदा दिपक होडाले अविजित १५ रन बनाए ।
यस्तै क्रिस गेलले २९ रन जोड्दा कप्तान केएल राहुलले १५ रन बनाए । जेम्स निशम १० रनमा अविजित रहे ।
दिल्लीका कागिसो राबडाले दुई विकेट लिए । अक्षर पटेल र रविचन्द्र आश्विनले १/१ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।
दिल्लीका लागि शिखर धवनले अविजित रहदै १ सय ६ रनको शतकीय इनिङ्स खेले । धवनले लगातार दोस्रो खेलमा शतक बनाएका हुन् ।
यस्तै कप्तान श्रेयस आयर र ऋषब पन्तले समान १४/१४ रन बनाए ।
शिम्रन हिटमायर १० रनमा आउट भए । पन्जाबका मोहमद शामीले २ विकेट लिए । यस्तै ग्लेन म्याक्सवेल,जेम्स निशम र मुरुगान आश्विनले १/१ विकेट लिए ।
जितपछि पन्जाबले १० खेलमा ८ अंक जोडेको छ । पन्जाब तालिकाको पाँचौ स्थानमा समेत उक्लिएको छ ।
दिल्लीको भने यो तेस्रो हार हो । दिल्लीले १० खेलमा १४ अंक जोडेको छ । दिल्ली शीर्ष स्थानमा यथावत रहेको छ ।
वि.सं.२०७७ कात्तिक ५ बुधवार ०७:२३



















