यूएस ओपन टेनिसको उपाधि नाओमी ओसाकाले जितिन्
वि.सं.२०७७ भदौ २८ आइतवार १२:३६
1.7K
shares
एजेन्सी: यूएस ओपन टेनिसको उपाधि नाओमी ओसाकाले जितेकी छिन् ।
बेलारुसियन खेलाडी भिक्टोरिया अजारेन्कालाई पराजित गर्दै ओसाकाले तेस्रो ग्रान्डस्लाम उपाधि जितेकी हुन् ।
आज बिहान भएको खेलमा जापानी खेलाडी ओसाकाले पहिलो सेट गुमाएर लगातार दुई सेटमा उनले १–६, ६–३ र ६–३ को जित निकाल्दै उपाधिमाथि कब्जा गरिन् ।
उनले सन् २०१८ को यूएस ओपन र सन् २०१९ को अष्ट्रेलियन ओपन टेनिस जितेकी थिईन् । उनले फाइनल पुगेका सबै ग्रास्डस्लाम जित्ने कीर्तिमान कायम गरेकी छिन् ।
वि.सं.२०७७ भदौ २८ आइतवार १२:३६



















