YouTube Link

च्याम्पियन्स लिग उपाधिका लागि पीएसजी र बायर्न म्युनिखबीच प्रतिस्पर्धा हुँदै

Facebook Link

एजेन्सी: च्याम्पियन्स लिग फुटबलको उपाधिका आज राति दुई ठुला क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र बायर्न म्युनिखबीच प्रतिस्पर्धा हुँदैछ ।

फ्रान्सको लिग च्याम्पियन पीएसजी र जर्मन बुन्डेसलिगा च्याम्पियन बार्यनबीचको उपाधि भिडन्त नेपाली समय अनुसार राती १२:४५ मा हुनेछ ।

पोर्चुगलको लिस्बनमा हुने फाइनल खेलमा दुबै उपाधि रक्षाको दौडमा हुनेछन् ।

पीएसजी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । क्वाटरफाइनलमा इटालियन क्लब एटलान्टालाई अन्तिम तीन मिनेटमा २ गोल गर्दै पुनरागमन जित निकालेपछि र त्यसअघिका सबै खेलमा पीएसजी सहज रुपमा विजयी भएको छ ।

यता छैटौं पटक च्याम्पियन्स लिगको उपाधि उचाल्ने योजनामा रहेको जर्मन क्लब बायर्न पनि उपाधिकै अभियानमा छ । धेरै स्टार खेलाडीको साथ पाएको बार्यन च्याम्पियन्स लिगको फाइनलसम्म पुग्दा १० खेलमा अपराजित छ ।

बार्यनले क्वाटरफाइनलमा बार्सिलोनालाई ८–२ ले हराएको थियो ।

यसअघि बायर्नले अन्तिम पटक सन् २०१३ मा च्याम्पियन्स लिगको उपाधि जितेको थियो । त्यसपछिका केही संस्करणमा सेमिफाइनलबाट अघि बढ्न सकेको छैन । बार्यन च्याम्पियन्स लिग इतिहासमा धेरैपटक अन्तिम चारबाट बाहिरिएको छ ।

अहिलेसम्म च्याम्पियन्स लिग फुटबलमा यी दुई टोलीबीच तीन पटक प्रतिस्पर्धा भएको छ । जसमा दुई पटक बार्यन जित्दा १ खेल पीएसजीले जितेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...