Texas College
YouTube Link

पीएसजी पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश

Facebook Link

एजेन्सी: फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको पहिलो सेमिफाइनलमा जर्मन क्लब आरबी लेइप्जिगलाई ३–० को जित निकाल्दै पीएसजीले प्रतियोगिताको फाईनलमा स्थान सुरक्षित गरेको हो ।

पीएसजीको जितमा मार्कुनियोस, इन्जल डि मारिया र जुवान बर्नट भेलास्कोले गोल गरे । यी तीनै गोलमा एन्जल डि मारियाको संलग्नता रहयो भने सुरुवाती दुइ गोलमा नेयमारको महत्वपूर्ण भुमिका रहयो ।

खेलको १३ औँ मिनेटमा लेइप्जिगका डिफेन्डरले गरेको गल्तीको फाइदा उठाउँदै पीएसजीले अग्रता बनायो । लेइप्जिगका डिफेन्डरले डिबक्स बाहिर नेयमारलाई लडाएपछि पीएसजीले फ्रिकिकको अवसर पाएको थियो । डि मारियाले चलाखीपूर्णरुपमा प्रहार गरेको फ्रि–किकलाई मार्किनियोसले हेडर गोल गर्दै खेल १–० को अबस्थामा ल्याए ।

खेलको ४२ औँ मिनेटमा नेयमारले चलाखीपूर्ण फ्लिक गर्दै डिमारियालाई उपलब्ध गराएको सहज पासपछि पीएसजीले अग्रता दोब्बर बनायो । ५६ औँ मिनेमटमा डिमारियाले सहज पास निकालेपछि भेलास्कोले हेडमार्फत गोल गर्दै पीएसजीको ३–० को जित सुनिश्चित गरे ।

खेल अवधिभर पीएसजीले आधादर्जन बढी गोलका अवसर खेर फाल्दा लेइप्जिगले पनि केही अवसरको सदुपयोग गर्न सकेन । जितसँगै पीएसजीले पहिलो पटक च्याम्यिन्स लिगको उपाधि जित्ने सम्भावना बढेको छ ।

पीएसजीले उपाधिका लागि जर्मन क्लब बार्यन म्युनिख र फ्रान्सको लियोनबीचको विजेतासँग खेल्नेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...