YouTube Link

पीएसजी पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश

Facebook Link

एजेन्सी: फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको पहिलो सेमिफाइनलमा जर्मन क्लब आरबी लेइप्जिगलाई ३–० को जित निकाल्दै पीएसजीले प्रतियोगिताको फाईनलमा स्थान सुरक्षित गरेको हो ।

पीएसजीको जितमा मार्कुनियोस, इन्जल डि मारिया र जुवान बर्नट भेलास्कोले गोल गरे । यी तीनै गोलमा एन्जल डि मारियाको संलग्नता रहयो भने सुरुवाती दुइ गोलमा नेयमारको महत्वपूर्ण भुमिका रहयो ।

खेलको १३ औँ मिनेटमा लेइप्जिगका डिफेन्डरले गरेको गल्तीको फाइदा उठाउँदै पीएसजीले अग्रता बनायो । लेइप्जिगका डिफेन्डरले डिबक्स बाहिर नेयमारलाई लडाएपछि पीएसजीले फ्रिकिकको अवसर पाएको थियो । डि मारियाले चलाखीपूर्णरुपमा प्रहार गरेको फ्रि–किकलाई मार्किनियोसले हेडर गोल गर्दै खेल १–० को अबस्थामा ल्याए ।

खेलको ४२ औँ मिनेटमा नेयमारले चलाखीपूर्ण फ्लिक गर्दै डिमारियालाई उपलब्ध गराएको सहज पासपछि पीएसजीले अग्रता दोब्बर बनायो । ५६ औँ मिनेमटमा डिमारियाले सहज पास निकालेपछि भेलास्कोले हेडमार्फत गोल गर्दै पीएसजीको ३–० को जित सुनिश्चित गरे ।

खेल अवधिभर पीएसजीले आधादर्जन बढी गोलका अवसर खेर फाल्दा लेइप्जिगले पनि केही अवसरको सदुपयोग गर्न सकेन । जितसँगै पीएसजीले पहिलो पटक च्याम्यिन्स लिगको उपाधि जित्ने सम्भावना बढेको छ ।

पीएसजीले उपाधिका लागि जर्मन क्लब बार्यन म्युनिख र फ्रान्सको लियोनबीचको विजेतासँग खेल्नेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...