च्याम्पियन्स लिगमा बार्यन म्युनिखसँग चेल्सी पराजित
वि.सं.२०७७ साउन २५ आइतवार ०९:०८
1.8K
shares
एजेन्सीः च्याम्पियन्स लिग फुटबलमा जर्मन च्याम्पियन बायर्न म्युनिखसँग इंग्लिस क्लव चेल्सीलाई पराजित गरेको छ ।
घरेलु मैदान एलिएन्ज एरिनामा शनिबार राति भएको दोस्रो लेगको खेलमा ४–१ को तथा समग्रमा ७–१ को जित निकाल्दै बायर्न म्युनिखले क्वाटरफाइनलमा स्थान पक्का गरेको छ ।
बायर्नको फराकिलो जितमा पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्कीले दुई तथा इभान पेरिसिस र कोरेन्टिन टोलिसोसले समान एक गोल गरे ।
चेल्सीका लागि टम्मी अब्राहमले एक गोल फर्काए ।
बार्यनले अब क्वाटरफाइनलमा पाँच पटकको युरोपियन च्याम्पियन स्पेनिस फुटबल महारथी बार्सिलोनासँग खेल्नेछ ।
वि.सं.२०७७ साउन २५ आइतवार ०९:०८



















