YouTube Link

ईटालियन सिरी ए मा नापोलीको जित, च्याम्पियन्स् लिगमा पुग्ने आशा जिवितै

Facebook Link

एजेन्सीः ईटालियन सिरी ए मा नापोलीले हेल्लास भेरोनामाथि २–० को जित निकालेको छ । भेरोनाको घरेलु मैदान स्टाडियो मार्क एन्टोनियो बेन्टेगोडीमा भएको खेलमा नापोली २–० ले विजयी भएको हो । भेरोनाले खेलका २३औं र २४औं मिनेटमा पाएको गोलको सुन्दर मौका गुमायो ।

खेलको ३८औं मिनटमा अर्काडिउज मिलिकले गोल गर्दै नापोलीलाई पहिलो अग्रता दिलाए । यसपछि दोश्रो हाफमा भेरोनाका फराओनीले गरेको गोल भारबाट गोल नभएको पाईएपछि नापोलीबिरुद्ध बराबरीको मौका गुमेको थियो । खेलको ९०औं मिनटमा हर्भिङ्ग लोजानेले कर्नरबाट पाएको बललाई सदुपयोग गर्दै गोलमा परिणत गरेपछि नापोलीले २–० को जित आत्मसात गरेको थियो ।

गत साता कोपा ईटालियको उपाधि जितेको नापोलीका लागि सिरी ए मा शिर्ष चारमा रहँदै च्याम्पियनस् लिगमा भाग लिने मौका कायम राख्न यो जितले केही सहयोग गरेको छ । जितपछि छैठौ स्थानको नापोलीको २७ खेलमा ४२ अंक भएको छ ९औं स्थानको भेरोनाको ३८ अंक छ । खेल जित्दै स्थान सुधार्ने मौकाबाट भेरोना चुकेको छ ।

यस्तै मंगलबार राति नै भएको अन्य खेलमा काग्लियारीले स्पाललाई १–०, पार्माले जेनोआलाई ४–१ र टोरिनोले युडिनिजलाई १–० ले पराजित गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...