मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै
वि.सं.२०७७ जेठ ९ शुक्रवार ११:१२
1.3K
shares
काठमाडौं: आज मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको मन्त्रिपरिषद् बैठकमा विदेशमा रहेका नेपाली ल्याउने विषयमा समितिले तयार पारेको कार्यविधि लगायतका विषयमा छलफल हुने बताइएको छ ।
भारतसहित विभिन्न तेस्रो मुलुकमा रहेका, विश्वका विभिन्न मुलुकको श्रम बजारमा रहेका र अहिले अलपत्र हालतमा रहेका नेपालीलाई ल्याउने विषयमा सरकारले कार्यविधि तयार पारेको बुझिएको छ ।
वि.सं.२०७७ जेठ ९ शुक्रवार ११:१२



















