YouTube Link

कोरोना संक्रमणका कारण भलिबल दिवसमा औपचारिक कार्यक्रम नहुने

Facebook Link

काठमाडौं: नेपाल भलिबल संघले यस वर्ष भलिबल दिवसमा कुनै औपचारिक कार्यक्रम नगर्ने भएको छ । नेपाल सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेपछि संघले जेठ ८ लाई भलिबल दिवसको रुपमा मनाउँदै आएको छ ।

कोरोना भाईरसको संक्रमण फैलन नदिन मुलुक लकडाउनको अवस्थामा रहेको भन्दै संघले बिहिबार कुनै औपचारिक कार्यक्रम नगर्ने भएको हो । सरकारले भलिबललाई २०७४ साल जेठ ८ गते राष्ट्रिय खेलको मान्यता दिएको थियो । तर, सरकारले गत पुसमा मात्र औपचारिक रुपमा भलिबललाई राष्ट्रिय खेलको रुपमा खेलकुद विकास विधेयकमा समेटेको थियो ।

सरकारले राष्ट्रिय खेलको मान्यता दिएपछि संघले वार्षिक रुपमा भलिबल दिवस मनाउँदै आएको थियो । कोरोनाकै कारण पाँचौं संस्करणको एनभीए राष्ट्रिय पुरुष-महिला क्लब भलिबल लिग अनिश्चितकालका लागि स्थगित भएको थियो । संघले प्रतियोगिता बैशाख २५ देखि जेठ १ गतेसम्म गर्ने तय गरेको थियो ।

कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै सरकारले गत चैत ११ बाट लकडाउन गर्दै आएको छ । लकडाउनको अवधि जेठ २० सम्म रहेको छ । कोरोनाको कारण नेपालमा २ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २ रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...