इंग्लिस प्रिमियर च्याम्पियन्स लिगमा म्यानचेष्टर सिटीद्वारा जर्मन क्लब शाल्केलाई ७-० गोल अन्तरले पराजित
वि.सं.२०७५ फागुन २९ बुधवार ०९:०६
1.1K
sharesम्यानचेष्टर सिटीले जर्मन क्लब शाल्केलाई पराजित गर्दै च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनल प्रवेश गरेको छ । गएराति भएको खेलमा प्रिमियर लिग क्लब म्यानचेष्टर सिटीले जर्मन क्लब शाल्केलाई ७-० गोल अन्तरले हराएको हो ।
सिटी समग्रमा १०-२ को नतिजा सहित अन्तिम ८ मा पुगेको हो । पहिलो लेगको खेलमा सिटीले ३-२ को अग्रता लिएको थियो । ४५ औ मिनेटमो सर्जियो अग्युरोको पेनाल्टी गोलबाट म्यान्चेष्टर सिटीले अग्रता लियो । ३८ औ मिनेटमा अग्युरोले नै सिटीको अग्रता दोब्बर पारे । ४२ औ मिनेटमा लिरोय सानेले म्यान सिटीलाई ३-० को स्थितिमा पुर्याएका थिए ।
रहिम स्टर्लिङले ५६ औ मिनेटमा क्लबका लागि चौथो गोल गरे । बेर्नाल्डो सिल्भाले ७१ औ मिनेटमा सिटीलाई ५-० को स्थितीमा पुर्याए । फिल फोडिनले ७८ औ मिनेटमा टोलीका लागि छैटौ गोल गरे । ८४ औ मिनेटमा ग्याब्रियल जिससले गोल गर्दै टोलीको जित ७-० मा पुर्याएका थिए । प्रतियोगिताको क्वार्टरफाईनलको ड्र आगामी शुक्रबार हुनेछ ।
वि.सं.२०७५ फागुन २९ बुधवार ०९:०६