YouTube Link

डोपिङ्गमा प्रतिबन्धित खेलाडीहरुले २०२० टोक्यो ओलम्पिकमा खेल्न पाउने

Facebook Link

एजेन्सीः सन् २०२० सम्मका लागि प्रतिबिन्धत खेलाडीहरुले टोक्यो ओलम्पिकमा सहभागि हुन पाउने एथ्लिटस् ईन्टिग्रिटी युनटका (एआईयु) प्रमुख ब्रेट क्लोदिएरले बताएका छन् । अनाधिकृत औषधि सेवन कसुरमा २०२० सम्म प्रतिबन्धित खेलाडीहरुलाई प्रतियोगिता विशेषमा नभई असमयावधिको आधारमा रोक लगाएको हुँदा त्यस्ता खेलाडीहरु अर्को वर्ष हुने ओलम्पिकमा सहभागि हुन योग्य रहेको ब्रेटले बताएका हुन् ।

यसै वर्ष हुने भनिएको टोक्यो ओलम्पिक कोरोना महामारीका कारण अर्को वर्षका लागि धकेलिएपछि प्रतिबन्धित खेलाडीहरु छनौट चरण पार गरी ओलम्पिकका लागि सहभागि हुन पाउने एआईयुले जनाएको छ । गत महिना मार्चमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र जापान सरकार कोरोनाले महामारी फैलाएपछि अर्को वर्षसम्म ओलम्पिकको कार्यक्रम सार्न सहमत भएका थिए ।

विश्व एन्टी डोपिङ्ग एजेन्सी (वाडा) को प्रतिबन्ध खासमा ओलम्पिक अवधिको चक्रसम्म लागु गर्ने भनिन्छ तर समायवधिको आधारमा २०२० मा उनीहरुको प्रतिबन्धको अवधि सक्किने भएकोले कानुनी जटिलता थपिन सक्ने एआईयुका प्रमुख ब्रेटले बताएका छन् । ‘वाडाको प्रतिबन्ध चार वर्षे ओलम्पिक चक्रलाई छुने गरी तय गरिएको हुन्छ । तर अहिलेको अवस्थामा ओलम्पिक निर्धारित समयभन्दा धकेलिएकोले यसले प्रतिबन्धित खेलाडीहरुलाई राहत पुर्याउन सक्छ ।’

‘यस वर्षको अगस्टमा प्रतिबिन्धत भएका खेलाडीहरु भने दुइवटा ओलम्पिकबाट प्रतिबन्भित हुनेछन् किनकी टोक्यो र पेरिस ओलम्पिक चार वर्षभित्र आयोजना हुनेछन् ।’ ब्रेटले कोरोनाका कारण कुनैपनि परिक्षण गर्न मिलेको छैन त्यसैले सबैभन्दा बढी प्रभाव एन्टी डोपिङ्ग एजेन्सीलाई परेको बताए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...