YouTube Link

एएफसी यु–२३ एसियन कप छनोट: नेपाल र ताजकिस्तान भिड्दै

रिपब्लिकन सेन्ट्रल स्टेडियम

Facebook Link

एजेन्सी: एएफसी यु–२३ एसियन कप छनोटको दोस्रो खेलमा आज नेपालले आयोजक ताजकिस्तानसँग खेल्दैछ ।

रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने प्रतिस्पर्धामा नेपाल घरेलु टोलीलाई स्तब्ध बनाउँदै अंक खोस्ने अभियानमा छ ।

नेपाल र ताजकिस्तानबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

एएफसी यु–२३ एसियन कप छनोट अन्तर्गत पहिलो खेलमा बलियो टोली इरानसँग ४–० गोलले पराजित भएकाले पनि नेपाल घरेलु टोलीविरुद्ध मैदान उत्रँदा पहिलो अंकको खोजीमा हुनेछ ।

हारबाट प्रतियोगिताको सुरुआत गरेको नेपाललाई आजको खेलमा जितको विकल्प हुने छैन ।

आफ्नो पहिलो खेलमा ताजकिस्तानले लेबनानलाई हराउँदै प्रतियोगितामा सुखद् सुरुवात गरेको थियो ।

सोही लयलाई ताजकिस्तान निरन्तरता दिने अभियानमा छ ।

समूह ‘बी’मा तीन अंक जोडेको इरान शीर्ष र तीन अंक नै जोडेको ताजकिस्तान दोस्रो स्थानमा छ ।

अंकविहीन लेबनान तेस्रो र नेपाल पुछारमा छ ।

एसियन कप छनोट अन्तर्गत नेपालले अन्तिम खेलमा लेबनानसँग आगामी आइतबार खेल्नेछ ।

११ समुहका शीर्ष टोलीसहित उत्कृष्ट चार उपविजेता टोलीले एएफसी एसियन कप खेल्नेछन् ।

उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन महिनामा आयोजना हुने तालिका रहेको छ ।

यो पनि पढ्नु होस्ः

इंग्लिस फुटबल लिगअन्तर्गतको काराबाओ कपमा लिभरपुल र टोटेनहम ईएफएल कपको अन्तिम आठमा साविकको विजेता म्यानचेस्टर सिटी लिग कपबाट बाहिरियो

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

वि.सं.२०८३ असोज २६ सोमवार १४:१८

काठमाडौं: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा २०८२ जेठ २३ गतेदेखि...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

वि.सं.२०८३ असोज २६ सोमवार १२:४६

काठमाडौं: रिबन इन्टरटेनमेन्टद्वारा आयोजित 'व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६' अन्तर्गतको...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...