इन्डियन प्रिमियर लिग आईपीएलको अर्को सिजनमा दुइ टिम थपिने
विश्वको चर्चित फ्रेन्चाइज क्रिकेट
वि.सं.२०७८ भदौ ३० बुधवार १२:४९
1.6K
shares
एजेन्सीः विश्वको चर्चित फ्रेन्चाइज क्रिकेट इन्डियन प्रिमियर लिग आईपीएलको अर्को सिजनमा १० टिमले सहभागिता जनाउने भएका छन् ।
यस भन्दा पहिलको इन्डियन प्रिमियर लिग प्रतियोगितामा ८ टिमले सहभागिता जनाउँदै आएकोमा अर्को संस्करण देखि १० टिम हुनेले प्रतिशप्रर्धा गर्ने भएका छन् ।
नयाँ २ टिमको टुंगो अक्टोबर १७ तारिखमा लाग्ने छ ।
टिम खरिद गर्नका लागि चाहनेहरुले ५ अक्टोबरसम्म प्रस्ताव पेश गर्नुपर्ने छ ।
नयाँ दुई टिमको खरिद कार्यक्रम (लिलामी) अक्सन दुबई या मस्कटमा हुन सक्छ ।
अक्टोबर १५ मा आईपीएलको यस सिजनको फाइनल खेल हुने छ ।
त्यसको २ दिन पछि लिलामी गर्न लागिएको हो ।
समाचार संस्था पीटीआईका अनुसार टिम खरिद गर्न चाहने कम्पनी वा संस्थाले शुरुमै ७५ करोड रुपैयाँ बुझाएर फर्म लिनु पर्ने छ ।
नयाँ २ टिमको न्यूनतम मूल्य २०० करोड रुपैयाँ राखिएको छ ।
लिलामीमा कम्तिमा ५०० करोडमा टिम खरिद विक्री हुने अनुमान गरिएको छ ।
टिम खरिद गर्ने संस्थाले बर्षमा कम्तिमा ३०० करोडको टर्न ओभर गरेको हुनुपर्ने शर्त पनि राखिएको छ ।
टिम बढेसँगै २०२२ को आईपीएलमा ७४ म्याच हुने छन् ।
यो पनि पढ्नु होस्ः
वि.सं.२०७८ भदौ ३० बुधवार १२:४९




















