राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले आईपीओ निष्कासन गर्ने
वि.सं.२०७८ भदौ २८ सोमवार १६:४५
2K
shares
काठमाडौं: राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले झन्डै २९ करोड ४१ लाख रुपैयाँ बढीको आईपीओ निष्कासन गर्ने भएको हो ।
राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन कम्पनीले २९ करोड ४१ लाख ४१ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासनको अनुमति माग्दै गत भदौ ८ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
धितोपत्र बोर्डबाट अनुमति पाएमा यो कम्पनीले स्थानीय र सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल २९ लाख ४१ हजार ४१० कित्ता आईपीओ निष्कासन गर्नेछ।
राप्ती हाइड्रोको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
यो पनी पढ्नुहोस् :
सेञ्चुरी कमर्सियल बैंकले नयाँ बचत खाताको शुभारम्भ
वि.सं.२०७८ भदौ २८ सोमवार १६:४५



















